नेपालको सेयर बजार कोमामा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपालको सेयर बजार कोमामा



काठमाडौं- लकडाउन विस्तारै खुकुलो बन्दै गए पनि सेयर बजार कारोबार भने अनिश्चित भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले असार ७ गतेदेखि अर्को सूचना नआएसम्मका लागि धितोपत्रको दोस्रो बजारको कारोबार स्थगन गरेको छ ।

नेप्सेले शनिबार सूचना सार्वजनिक गर्दै नेपाल धितोपत्र बोर्डको गत जेठ १ गतेको लकडाउन अवधिभर कारोबार नगर्ने भन्ने निर्देशनलाई निरन्तरता दिन निर्देशन आएकाले बोर्डबाट अर्को निर्देशन प्राप्त नहुँदासम्म सेयर कारोबार नहुने जनाएको छ ।