गायिका शर्मिला गुरुङको "मेरो माया छ भने राधा" सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गायिका शर्मिला गुरुङको “मेरो माया छ भने राधा” सार्वजनिक (भिडियो सहित)



हिमाल पोस्ट /काठमाडौं

नेपाली लोकसांगीतिक क्षेत्रमा करिब २ दशक देखि सक्रिय रहेकि र साङ्गीतिक यात्रा लाई निरंतरता दिँदै सम्पूर्ण नेपाली श्रोता दर्शक को मन जितेर सबैको मन मस्तिष्क र मुटुमा बस्न सफल नेपाली लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन र अस्तित्व स्थापना गर्न सफल गायिका हुन शर्मिला गुरुङ शर्मिला गुरुङको पृथक् आवाज ले सजियका सबै गीतहरू ले नेपाली साङ्गीतिक बजारमा राम्रो चर्चा पाउँछन् र सबै श्रोता दर्शक को मन जित्न सफल हुन्छन् ।

भर्खरै मात्र नेपाली साङ्गीतिक बजारमा उनै लोकपि्रय गायिका शर्मिला गुरुङ र अग्रज गायक तथा सर्जक नारायण रायमाझी को स्वर मा रहेको “राधा ” एल्बम मा समावेश “मेरो माया छ भने राधा ” नामक गीत को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नारायण रायमाझी को उत्कृष्ट शब्द तथा सङ्गीत मा रहेको यश गीतको म्युजिक भिडियो स्वयम् सर्जक तथा गायक नारायण रायमाझी ले गरेका छ्न भने नारायण राज सत्याल ले छायाङ्कन र सम्पादन गरेका छ्न । निकै मौलिक शब्द मा प्रेम जोडी को एकअर्का प्रतिको माया प्रेम लाई झल्काइयको यश गीत को म्युजिक भिडियो पनि उत्तिकै मौलिक र सरल बनेको छ ।

गायिका शर्मिला गुरुङ को जन्मथलो एलादि-४, खाल्टे, स्याङ्जा स्थित “सुन्तलाबारी र सामुदायिक होम् स्टे” का दृश्य हरुले गीत र भिडियोलाई अझै श्रिङ्गार दिएको छ ।