शेखर समूहलाई अनुशासनको कारबाही गर्ने देउवा पक्षको धम्की - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शेखर समूहलाई अनुशासनको कारबाही गर्ने देउवा पक्षको धम्की



काठमाडौं- समानुपातिक बन्दसूचीको लफडा भैरहेका बेला नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा.शेखर कोइराला समूहमाथि निगरानी बढाएको बताएका छन् ।

मंगलवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता डा. महतले नेताहरूले गरिरहेको भेला तथा संघर्षका कार्यक्रमहरूलाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन् ।

डा. महतले अनुशासनबाहिरका गतिविधिहरूलाई पार्टीले नजिकबाट नियाली रहेको र कारबाहीको दायरमा पर्ने बताए । उनले पार्टीको अनुशासन र पद्धति सबैले मान्नुपर्ने भन्दै नमाने के गर्ने भन्ने पार्टीको विधि अनुसार हुने बताए ।

महतले समानुपातिकको सूची सबै नेताहरू बसेर सर्वसम्मत तयार पारिएको र अहिले होहल्ला मच्चाउनुपर्ने जसरी केही पनि नभएको दावी गरे । शेखर समूहले बुधवार केन्द्रीय कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरिसकेको छ ।