शेखर कोइराला जुनियर भएकाले नेता मान्न सकिन: प्रकाशमान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शेखर कोइराला जुनियर भएकाले नेता मान्न सकिन: प्रकाशमान



काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता शेखर कोइराला आफूभन्दा जुनियर भएकाले नेता मान्न नसक्ने बताएका छन् । महाधिवेशनमा चुनाव लड्दा जुनियरलाई मान्नुपर्ने भएकाले आफू अगाडी सरेको उनले बताए ।

नेता सिंहले शेखर कोइरालाले आफूलाई अन्यायमा पारेको समेत बताएका छन् । चाक्सीबारीस्थित आफ्नै निवासमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘‘१३औं महाधिवेशनमा शेरबहादुरजीसँग प्रतिस्पर्धा गर्न मलाई जुनियर भनियो’, नेता सिंहले भने, ‘तर अहिले आएर मभन्दा जुनियरलाई मैले मानेर जानुपर्छ भनेपछि मैले अन्याय भयो भनें।’

उनले १४औं महाधिवेशनमा तत्कालीन संस्थापन इतर समूहले आफूलाई अन्याय गरेकै कारण छुट्टै उम्मेदवारी दिएको बताएका हुन्। सिंह १४औं महाविधेशनमा सभापति पदमा पराजित भएका थिए। संस्थापनइतर समूहबाट शेखर कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिएका थिए। उनी पनि पराजित भएका हुन्।

१३ औँ मा आफूलाई जुनियर भनेर सभापतिको प्रतिस्पर्धा गर्नबाट रोकेको समूहले १४औं महाधिवेशनमा आफूभन्दा जुनियरको नेतृत्वमा प्रतिस्पर्धा जाऔं भनेकाले समूह छाडेको सिंहले बताए। उनले थपे, ‘१३औँ मा आफूलाई जुनियर भनेर यो विचार समूहले रोक्ने। आज १४औँ मा म सिनियर हुँ भन्दा जुनियरको नेतृत्वमा म कसरी जान सक्छु?’

नेता सिंहले अर्को प्रसंगमा स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचन समयमै हुनुपर्ने बताए। संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहको निर्वाचन संविधानबमोजिम हुनपर्ने जिकिर गरे।

संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँचदलीय गठबन्धन सरकारको सबैभन्दा महत्त्वपूर्ण कार्य भएको उनले बताए।