शेर बहादुर देउवाको एकल निर्णयले पार्टी र कार्यकर्ताको भबिष्य अन्यौलमा। - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शेर बहादुर देउवाको एकल निर्णयले पार्टी र कार्यकर्ताको भबिष्य अन्यौलमा।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा पार्टी सभापति शेर बहादुर देउवा जीले जुन किसिमको माहौल सृजित गराएका छन त्यस माहौलले काँग्रेस र काँग्रेसीलाई मर्माहित बनाएको छ।नेपाली काँग्रेस मुलुककै पुरानो र ईतिहास बोकेको पार्टी भए पनि बर्तमान समयमा देखिएको अबस्थाले पार्टीलाई गम्भीर दुर्घटना तिर उन्मुख गराई रहेको आभाष भई रहेको छ।अब पार्टीलाई गम्भीर दुर्घटनाबाट बचाउने जिम्मेवारी यूवा पिढीका नेतृत्व गर्नेहरूले लिनु पर्छ भन्ने मान्यता राख्दछु।

नेपालको बर्तमान राजनितिलाई अबलोकन गर्ने हो भने देशमा राजनिति नभएर लाज निति भएको छ।पार्टी के हो,पार्टीको बिधान र धार के हो भन्ने हेक्का सम्म राखेका छैनन राजनिति दलहरूले।एउटा ब्यक्तिको पछाडी सिङ्गो पार्टीलाई दौडाउने हो वा ब्यक्ति पार्टीको पछाडी दौडन पर्ने हो बुझ्न सकिएन।ब्यक्तिगत स्वार्थ पुर्तिका लागि हदै सम्म गिर्नु पक्कै पनि राम्रो कुरा होईन।नेपाली काँग्रेसको आफ्नै पहिचान छ यो पहिचानलाई मेटाउने हो वा जगेर्ना गर्ने हो नेतृत्वमा बसेकाले बुझ्नु पर्ने होईन र ?आईजिपी प्रकरण,प्रधानन्यायधिश प्रकरण लगाएतका बिषयमा काँग्रेसलाई नै मुछ्नुको कारण के?काँग्रेस किन मुछिनु पर्यो?यस्ता बिषयमा सम्पूर्ण नेपाली जनता जानकार छन।चुनावको मुखमा आएर पार्टीको हित बिपरीत कार्य गर्न के पार्टी सभापतिलाई छुट छ?छ भने पनि बोल छैन भने बोल तर मौन नबस।मौन बस्दा सहमत जनाएको भन्ने बुझिन्छ।नेपाली काँग्रेस कुनै ब्यक्तिको दाईजो वा पेवा होईन आफूलाई जे गर्न मन लाग्यो त्यहि गर्ने तसर्थ पार्टी सभापतिको हर्कत प्रति किन केन्द्रिय नेता मौन?बरिष्ठ नेता पौडेल,महामन्त्री सशाँक कोईराला लगाएतका नेताहरूलाई यस्ता बिषयमा किन चासो रहेन।

इतिहास साक्षी छ बिगतका काल खण्डमा कसले के गर्यो भनेर तर काँग्रेस र काँग्रेसीले जुन अपेक्षा लिएर देउवालाई पार्टी सभापति बनाएका थिए तर सोचेको भन्दा बिपरीत हुनु काँग्रेस र काँग्रेसीलाई दुर्भाग्य भयो।कति सहने काँग्रेसीले सहनेको पनि हद हुन्छ।जुन सुकै कुरा बढी भयो भने पोखिन्छ।दुध उम्लियो भने पोखिन्छ।काँग्रेस र काँग्रेसीको धैर्यताको बाध लगभग लगभग टुट्ने अबस्था छ।स्थानीय तहको निर्वाचनमा अहिले जे दृष्य देखियो त्यसले झनै मर्माहित बनाएको छ।चितवन जिल्ला भरतपुर नगर पालिकामा मेयरका प्रत्यासिको टिकट केन्द्रबाट नै देउवाको ठाडो हस्तक्षेपमा क्यान्सील गरीयो रे कारण माओबादी केन्द्रका नेता अर्थात नेपालका प्रधान मन्त्री कमरेड प्रचण्डको पुत्री रेणुका दाहललाई मेयरमा बिजय गराउनका लागि केन्द्रबाटै ह्वीप जारी गरीएको छ रे काँग्रेसीले माओबादी केन्द्रलाई भोट हाल्नका लागि।अब तपाई नै भन्नु होस के यो कुरा सम्भब छ? के काँग्रेसीले माओलाई भोट हाल्ला?मेरो एउटै प्रश्न देउवालाई तपाईको एकल निर्णय जनतालाई स्वीकार्य छ त ? मलाई आशा छ काँग्रेसीले माओलाई भोट हाल्ने छैन।चितवन यस्तो जिल्ला हो जहाँ काँग्रेसको बिकल्पमा अरूलाई कल्पना समेत गर्न सकिदैन।काँग्रेसको नाममा लट्ठी खडा गरे पनि जित्ने माहौल छ।यस्तो हुँदा हुँदै पनि किन यस्तो हस्तक्षेप?पार्टी सभापति र प्रचण्डको ब्यक्तिगत स्वार्थका लागि चितवनका काँग्रेसका नेतालाई बली चढाउनु ठिक छ त ?

हरेक बिहानीले नयाँ र ताजा उमङ्ग ल्याउलाकी भन्ने आशामा बसेका काँग्रेसीलाई किन निराशामा पार्ने कोशीश गर्दैछन।यदि शेर बहादुर देउवामा पार्टी प्रति माया र सदभाब छ भने यस्ता बिषयमा निर्णय नगरेको राम्रो।जनताले यो कुरा पनि बुझुन ब्यक्तिगत कारणले काँग्रेसलाई आक्षेप नआओस।काँग्रेस पार्टी कुनै ब्यक्ति होइन यो पार्टी ७० लाख भन्दा बढि असल काँग्रेसीको प्यारो पार्टी हो।अन्त्यमा केन्द्रमा जे जस्तो समिकरण भए पनि काँग्रेसीले मओबादी केन्द्रलाई मतदान गर्ने छैन किनकी जनता बिगतलाई भुल्न चाहदैनन्।काँग्रेस आफै चुनाव लड्न सक्षम छ।
जय नेपाल।