शिल्पाको रिट खारेज, पक्राउ गर्न बाटो खुल्ला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शिल्पाको रिट खारेज, पक्राउ गर्न बाटो खुल्ला



काठमाडौँ। अभिनेत्री शिल्पा पोखरेलले सर्वोच्चमा हालेको रिट खारेज भएको छ। सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलाशले उनको रिट खारेज हुने फैसला गरेको सर्वोच्चका सूचना अधिकारीले जनाएका छन् ।

बहुबिबाहको आरोपमा निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमाले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी थिइन् ।

हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । त्यसपछि फरार उनी अदालतले दिएको आदेशविरूद्ध पुनरावेदन अदालत हुँदै सर्वोच्च पुगेकी थिइन् ।

अहिले सर्वोच्चले उनको रिट खारेज गरिदिएपछि प्रहरीलाई पक्राउको बाटो खुलेको छ । शिल्पाले गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।