राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट बन्द - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट बन्द



काठमाडौं- राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट बन्द भएको छ । उक्त अकाउन्ट भेरिफाइड समेत भएको थियो ।

राष्ट्रपति विद्यादेवी भन्डारीको सचिवालयले प्रयोग गरिरहेको ट्विटर अकाउन्ट बन्द भएको हो ।

राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टिका प्रसाद ढकालले प्राविधिक समस्याका देखिएकाले उक्त अकाउन्ट बन्द गरिएको बताएका छन् ।

‘कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु,’ ढकालले ट्विटमा भनेका छन् ।