सुशिला कार्कीले भनिन: रवी निर्दोष छन्, सफाई पाउनुपर्छ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुशिला कार्कीले भनिन: रवी निर्दोष छन्, सफाई पाउनुपर्छ



काठमाडौं- पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीले पत्रकार रवि लामिछानेले सफाई पाउने बताएकी छिन् । ‘मलाई पनि लाग्दैन कि रविले यतिसम्म गल्ती गरेका होलान् ।’ उनले भनेकी छिन् । मुद्दा अदालतमा पुगेपछि यसको छानबिन हुने तर रविले सफाई पाउनेमा आफू विश्वस्त भएको पनि कार्कीले बताइन् ।

कसैलाई मुद्दा नै चल्दैन भन्ने होइन, विश्वमा धेरै यस्ता घटनाहरु पनि छन् । त्यसैले अनुसन्धानकै क्रममा रहेको यो विषयमा पनि निर्दोष मान्छेले सफाई पाउनु पर्ने आफ्नो भनाई रहेको उनले बताइन् ।

अदालत प्रति निकै नै उदार रहेकी कार्कीले आफूलाई अदालतले कुनै निर्दोष व्यक्तिलाई फसाउला भन्ने कहिल्यै नलागेको र आफू माथि संसदले लगाएको महाअभियोग पनि अदालतको सहि निर्णयले आफूले न्याय पाएको उनको भनाई थियो । त्यसैले रविले पनि सफाई पाउँछन् , तर अनुसन्धान नै गर्न नहुने वा अनुसन्धान गर्दैमा के के न भइसकेको जस्तो गर्न नहुने पनि उनले बताइन् ।

रविको पक्षमा जनता सडकमा आएको प्रति कार्कीले रविले गरेका राम्रा कामको पक्षमा नागरिकले आवाज उठाएको बताइन् । यो कुनै व्यक्तिले नेतृत्व गरेर आएको जमात नभएको र स्वतःस्फुर्त रुपमा आएको नागरिकको भिडलाई स्वभाविक लिनु पर्ने उनको भनाई थियो । उनले सरकार, नेता लगायतबाट नागरिक दिक्क भएकाले रविले गरेको विकृतिको भण्डाफोर प्रति नागरिक एकमत भएको पनि बताइन् ।