अब रोकिने भयो सिद्धबाबाको पहिरो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अब रोकिने भयो सिद्धबाबाको पहिरो



हिमाल पोष्ट /बुटवल, ५ माघ । सधै डरै डरमा यात्रा हुने पाल्पाको सिद्धबाबा  देखि बुटवलको सिद्धबाबा सम्मको  सडकमा  अब यात्रा  सहज हुने भएको छ ।  बिश्वका धेरै देशमा सफल मानिएको ‘रक नेट’ प्रबिधिले सिद्धबाबाको पहिरो रोक्न प्रयोग गरिएको छ ।

बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा भिरबाट खस्ने ढुंगा रोक्न नमुना स्वरुप रकनेट जडान हुरु शुरु भएको हो । पाल्पाको सिद्धबाबा र बुटवलको सिद्धबाबा बिचको भागमा रहेको ठूलो भीरबाट खस्ने पहिरो र ढुंगाबाट बर्षेनी धेरै सवारी दुर्घटनामा परी  धेरैको  ज्यान गैरहेको छ ।

प्रति घण्टा एक सय कि.मी.को गतिमा आएको दुई टनको ढुंगा रोक्ने प्रविधी जडान सुरु गरिएको भुगर्वविद् एवं त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक ईन्जिनियर डा. रञ्जन दाहाल बताउछन् ।
‘अहिले नमुनाको रुपमा जोड्दैछौं,यसको सफल परिक्षण हुने हाम्रो बिश्वास छ ,जालीको टिकाउ अवधी ५० वर्ष हुन्छ ’। अर्का इन्जिनियर सुनिल पौडेलको भनाइ छ ।

एक सय २० वर्ग मिटरमा चार मिटर उचाई र २७ मिटर चौडाईमा रकनेट जडान गरिदैछ । जियोटेक सोलुसन इन्टरनेशनल इन्जिनियरिंग कम्पनीले जडान कार्य गरिरहेको छ  ।

जाली भीरमा अड्याउनको लागि ड्रिलिङ मेसिनले चार देखि आठ मिटर सम्मका प्वाल बनाउने काम भएको छ । यो कार्य करिब १ महिनाभित्रमा सकेन प्राबिधिकको भनाइ छ । भारतबाट जाली र अन्य आबश्यक प्रबिधि ल्याइएको हो । जस्को लागत ६० लाख पर्ने जनाइएको छ । जालीमा आएको ढुंगा जाली काटेर अथवा त्यसलाई सानो सानो टुक्रा पारेर फाल्न सकिने जनाइएको छ ।