सिन्धुलीमा विप्लवका २६ जना कार्यकर्ता पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सिन्धुलीमा विप्लवका २६ जना कार्यकर्ता पक्राउ



सिन्धुली- बीपी राजमार्गमा बन्द गराउँदै हिँडेका नेकपा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताहरुलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

मूल्यवृद्धि फिर्ता लगायतका माग राखी यातायात बन्द गराउँदै हिँडेका पाँचजनालाई बीपी राजमार्गको स्टलबजार नजिकबाट र माढीबजारबाट २१ जना गरी २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरुमा जिल्ला इन्चार्ज वर्तमान राईलगायत छन् । प्रहरीले शान्तिपूर्ण बन्दमा हस्तक्षेप गरेर पक्राउ गरेको भन्दै उनीहरुले चर्का नाराबाजी गरेका थिए ।

राजमार्गमा यातायात संचालन गर्नेहरुलाई उनीहरुले बन्द गरिदिन अनुरोध गरेका थिए । मूल्यवृद्धिका विषयमा शान्तिपूर्ण प्रदर्शन गर्दा धरपकड गरी पक्राउ गरेको इन्चार्ज राईले बताएका छन् ।

नेकपाका नेता–कार्यकर्ताहरुले सदरमुकाम सिन्धुलीमाडीमा नाराबाजीसहित बिहान र्‍याली निकालेका थिए । उनीहरुले मूल्यवृद्धि फिर्ता, जनमत संग्रहलगायतका विभिन्न नारा लगाएका थिए । जबरजस्ती बन्द गराउँदै हिँडेकाहरुलाई नियन्त्रणमा लिएको प्रहरीले प्रहरी निरीक्षक बुद्धिराज नेपालले जानकारी दिए ।