‘सिन्की अचार…’को रिमिक्स भर्सन बजारमा(भिडीयो सहित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘सिन्की अचार…’को रिमिक्स भर्सन बजारमा(भिडीयो सहित



फागुन १४ 

झण्डै तीन दशकभन्दा पुरानो सर्वाधिक लोकप्रिय गीत ‘सिन्की अचार…’को रिमिक्स भर्सन बजारमा आएको छ ।

चर्चित गीतकार सुभाषचन्द्र ढुंगेलको शब्द, ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. राम थापा तथा तारा थापाको आवाजमा रहेको साे गीतको रिमेकले थप चर्चामा ल्याएको छ ।

रिमेक भर्सन ‘सिन्की अचार…’ गीतमा बिनोदराज ढुंगेल तथा ईन्दिरा जोशीको आवाज रहेको छ ।

क्रियटिभ बिट्सले बजारमा ल्याएको बिनोदराज ढुंगेलको ‘सुनकेबरा’ एल्बममा संग्रहहित यस् गीतबाट गायक धेरै आशाबादी रहेका छन ।

गीतमा शिव मुखिया तथा जनक सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमा र्याप फिचरिङ्ग विश्व श्रेष्ठ तथा कल्पना श्रेष्ठको रहेको छ ।

सन्दिप भूजेलले क्रोरियोग्राफी गरेको यस भिडियोमा टेलेभिजन मिडियाका भिजे रिजन थापा र चर्चित म्युजिक भिडियो मोडेल सुप्रिया कटुवालको अभिनय रहेको छ ।

आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस म्युजिक भिडियोलाई संचारकर्मी तथा निर्देशक नव ढुंगेलले गरेका छन ।

अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेले भिडियोलाई सम्पादन गरेका हुन । भिडियोमा पुरानो तथा नयाँ जेनेरसनमा हुने प्रेमलाई प्रस्तुत गराउन खोजिएको छ ।