क्षितिज सापकोटा र मेलिना राईको ‘सिरुपाते कम्मर’ सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

क्षितिज सापकोटा र मेलिना राईको ‘सिरुपाते कम्मर’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । गायक तथा संगीतकार क्षितिज सापकोटाको ‘सिरुपाते कम्मर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोको फोर बि इन्टरटेनमेन्ट युट्युव च्यानल मार्फत केहिदिन अघि सार्वजनिक गरिएको थियो ।

स्वयं गायक सापकोटाको संगीत र शब्द रहेको उक्त गितमा मेलिना राईले स्वरमा साथ दिएकी हुन् भने लोक शैलीमा तयार भएको गीतको एरेन्ज बीबी अनुरागीले गरेका हुन् ।

चर्चित निर्देशक शिव विकले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अञ्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ ।

यसअघि गायक सापकोटाको ‘किराना पसल–१’, ‘यो दसैं र तिहारैमा’, ‘नसोध कोही’, ‘माखे साङ्लो’ लगायतका आधा दर्जन भन्दा धेरै गीत सार्वजनिक भइसकेका छन् ।

भिडियो हेर्नुहोस :