राजदुत निलाम्वर आचार्य संग शिष्टचार भेट तथा अन्तर्क्रिया सम्पन्न - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

राजदुत निलाम्वर आचार्य संग शिष्टचार भेट तथा अन्तर्क्रिया सम्पन्न



चंडीगढ़ -भारतको पंजाव राज्यको चंडीगढ़मा क्रियाशील विभिन्न संगठनहरु मुलप्रवाह अखिल भारत नेपाली एकता समाज , प्रवासी नेपाली संघ भारत, अखिल भारत नेपाली एकता मंच , र नेपाली जनसंपर्क समितीको सम्युक्त आयोजनामा भारतका लागी नवनियुक्त नेपाली राजदुत निलाम्वर आचार्यसंग भेट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

एकता मंच का टि.वि भंन्डारीको संचालनमा तथा मुलप्रवाहका प्रेम आचार्यको अध्यक्षतामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा अतिथीहरु महामहिम नेपाली राजदुत निलाम्वर आचार्य वहाकी पत्नी शुष्मा आचार्य, सास्कृतिक सल्लाहकार होम प्रसाद लुइटेल ,र वहाको पत्नी राधा लुइटेल लगाएतको अतिथीहरुको आशन ग्रहण पछि प्रवासी संघकी मिना पोख्रेलले अतिथीहरुलाइ मालालगाएर सम्मान तथा स्वागत गरिएको थियो ।

सो कार्यक्रममा नेपाली राष्ट्रीय गानको धुन प्रस्तुत पछि विभिन्न संगठनबाट मुलप्रवाह अ.भा.ने.ए.सका- प्रेम आचार्य, प्रवासी नेपाली संघका- कृष्ण प्रसाद भट्टराई, अखिल भारत नेपाली एकता मंच का- ठाकुर भुसाल, नेपाली जनसम्पर्क समितीका – धर्मगत काफ्लेले विचार राखेका थिए त्यसपछि राजदुत महामहिम निलाम्वर आचार्यले सम्वोधन गर्नुभयको थियो संवोधनमा वहाले भारतस्थित सवै संघसस्थाहरुले आफुलाइ पुरा सहयोग गर्ने विश्वास सहित आफुले पनि सहयोग गरिरहने प्रतिवद्धता जनाउनु भयको थियो ।