सिटौला निवासमा रणनीतिक छलफल: गगन थापा बिहानै पुगे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सिटौला निवासमा रणनीतिक छलफल: गगन थापा बिहानै पुगे



काठमाडौं- प्रधानमन्त्री केपी ओली र नेकपा प्रचण्ड-नेपाल समूह कसलाई समर्थन गर्ने भन्नेबारे नेपाली काँग्रेसले निर्णय लिन नसकेको बेला नेता कृष्णप्रसाद सिटौलाले आफूनिकट सांसदहरुलाई निवासमै बोलाएर छलफल सुरू गरेका छन् ।

आइतबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने र कसलाई समर्थन गर्ने भन्नेबारे सिटौलाले छलफल सुरू गरेका हुन् । सिटौलाले सांसद गगन थापा, उमाकान्त चौधरी र भीमसेन दास प्रधानलाई आफ्नो निवास चण्डोल बोलाएका छन् ।

गगन थापा बिहानै सिटौला निवास पुगेको बताइएको छ । अन्य केहि नेताहरू जाने उपस्थित हुँदैछन् । सिटौला र थापाबीच विहान ११ बजेबाट छलफल भैरहेको बताइएको छ ।

सत्ता सहकार्य गर्ने वा अर्ली इलेक्सनमा जाने भन्नेबारे कांग्रेसमा दुई धार देखिएको छ । सिटौलाले आफू निकट सांसदहरूलाई निवासमै बोलाएर गरेको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

काँग्रेसले सत्तासीन नेकपाको केपी ओली प्रचण्ड–नेपाल समूहको रणनीति कुरिरहेका बेला सिटौलाले आफूनिकट सांसदसँग छलफल गरेका हुन् ।