यस्तो बन्दैछ एसियाकै पहिलो ‘स्काइ वाक टावर’- यस्ता हुनेछन सुविधा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यस्तो बन्दैछ एसियाकै पहिलो ‘स्काइ वाक टावर’- यस्ता हुनेछन सुविधा



काठमाडौं । काठमाडौंको कमलादीमा दक्षिण एसियाकै पहिलो नमुना ‘स्काइ वाक टावर’ शनिबार भब्य शिलान्यास गरियो ।

कुल २ अर्ब रुपैयाँमा निर्माण हुन लागेको हो यो आकास मार्गमा हिँड्न मिल्ने टावरबारे धेरैलाई खुल्दुली छ ।

शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख आथित्यमा शिलन्यास कार्यक्रममा मन्त्री, मुख्यमन्त्री तथा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरुले नयाँ प्रोजेक्टको खुलेर प्रशंसा गरे ।

बक्ताहरुले गुणस्तरीय पर्यटनको विकासको लागि मानवनिर्मित वस्तुहरुले आकर्षण गर्ने भएकोले यस्ता गन्तव्यले नेपालप्रतिको धारण परिवर्तन गर्ने बताए । साथै नेपाललाई विश्वमै चिनाउनको लागि यस्ता गन्तव्यले सहयोग गर्ने धारणा राखे ।

कमलादीस्थित गणेश मन्दिरअगाडीको साढे १३ रोपनी जग्गामा निर्माण हुने यो टावर निर्माणको काम आगामी १८ महिनाभित्र पूरा भइसक्ने निर्माण कम्पनीको दावी छ । टावर दैनिक ४ हजार ४ सय जनालाई अवलोकन गराउन सक्ने क्षमताको हुनेछ ।

वन्डर्स नेपाल प्रालिका अध्यक्ष इन्जिनियर आकर्षण पोखरेलले यस टावर भित्र सय जनालाई एकैपटक खाना खुवाउन मिल्ने रेस्टुरेन्ट र सभा हल हुनेछ ।

लिफ्टबाट सोझै ६८ मिटरमाथि उचाइमा पु–याइने र त्यसभन्दा माथिको टप स्टेसनमा रहेको हरियो सिसामाथि हिँडेर रमाउन सकिने उनले जानकारी दिए ।

टावर अत्यन्तै आधुनिक किसिमको रहने कम्पनीको दावी छ । चीन, क्यानाडा, अमेरिकाजस्ता मुलुकमा रहेको यस्तो स्काइवाक टावर नेपालमा पहिलोपटक निर्माण गर्ने प्रयास गरिएको हो ।

टावरमा लिफ्ट चढेपछि ग्राउन्ड फ्लोरबाट सिधै ६८ मिटर उचाइमा पुगेपछि मात्र लिफ्ट रोकिन्छ । त्यहाँ ८÷१० वटा कोठा, मिटिङ हल र आकर्षक रेस्टुरेन्ट हुनेछ ।

टावर चढ्नका लागि सर्वसाधारणले निश्चित रकम तिर्नुपर्ने हुन्छ । अहिले यस स्काइवाक टावरमा विभिन्न देशबाट फर्किएका ११ जना लगानीकर्ता रहेका छन् ।