श्रीलंका सरकारद्वारा एमसीसी सहायता फिर्ता गर्ने निर्णय - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

श्रीलंका सरकारद्वारा एमसीसी सहायता फिर्ता गर्ने निर्णय



काठमाडौं- श्रीलंकाले पनि एमसीसी सहायता फिर्ता गर्ने भएको छ ।

श्रीलंकाकाे मन्त्रिपरिषदले अमेरिकी सहयाेग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्ने निर्णय गरेकाे हो ।

लामो समय बिबादित बनेको एमसीसी सम्झौता श्रीलंकामा पनि नेपालमा जस्तै त्यहाँको सरकारले ४ सदस्यीय अध्ययन समीती बनाएको थियो ।

नेपालमा जस्तै श्रीलंकामा पनि लामो समय एमसीसी तीव्र विवादमा परेको थियो । बिबाद चुलिंदै गएपछि त्यहाँको मन्त्रिपरिषद्ले यथास्थितिमा कार्यान्वयन गर्न नसकिने निर्णय गरेकाे हाे ।

श्रीलंका सरकारले सम्झौताका बुँदा परिमार्जन गर्न नमिल्ने भएन यथास्थितिमा पारित गर्न नसकिने निर्णय गरेको बताइएको छ ।

अध्ययन गर्न गठित समितिकाे प्रतिवेदनले यथास्थितिमा एमसीसी पास गर्न नहुने नहुने सुझाव दिएकाे थियाे ।

श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजापाक्छेले समितिकाे प्रतिवेदन मन्त्रिपरिषदमा पेश गरेपछि मन्त्रिपरिषदले शुक्रबार एमसीसी अघि नबढाउने निर्णय गरेकाे हाे ।

सम्झौता नै अपारदर्शी रहेकाे भन्दै साे सम्झाैता कार्यान्वयन गर्न नसकिने निष्कर्षमा मन्त्रिपरिषद पुगेकाे थियाे ।

त्यहाँका संविधान र अन्य कानूनको उल्लंघन गरेर राष्ट्रहित विपरीत सम्झाैता रहेकाे ठहर गरिएकाे छ ।

नेपालमा पनि संविधानभन्दा माथि रहने गरी राष्ट्रविपरीत रहेकाे एमसीसी सम्झाैताकाे तीव्र विराेध भइरहेकाे छ ।

यसकाे अध्ययनका लागि सत्तारूढ नेकपाले एक कार्यदल गठन गरेकाे थियाे, जसले पनि एमसीसी राष्ट्रहितमा नरहेकाे भन्दै यथास्थितिमा पारित नगर्न सुझावसहित प्रतिवेदन सरकारलाइ बुझाइसकेकाे छ ।