योगराज पोखरेलले तीजको शुभकामना यसरी दिए (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

योगराज पोखरेलले तीजको शुभकामना यसरी दिए (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली गीत सङ्गीतको बजार पछिल्लो समय तीजका गीतहरुले बजार तताउदै आएको छ विभिन्न विषय बस्तुमा तीज गीत बजारमा आइरहेको बेला गायक योगराज पोखरेलले सम्पूर्ण नेपाली मिलेर बस्नु पर्छ भान्ने भाव समेटिएको सन्देश मूलक “ शुभकामना ” बोलको तीजको कोसेली सार्वजनिक गरेका छन् ।

सार्वजनिक गीतमा गायक योगराज पोखरेल र गायिका शान्ति श्री परियारको समधुर स्वर रहेको छ । योगराजकै शब्द सङ्गीत रहेको गीतको भिडियोलाई विजय पोखरेलले निर्देशन गरेका छन् ।

उक्त गीतको भिडियो माधव पौडेलको छायाङ्कन र सुमन थापा मगरको सम्पादनमा तयार भएको छ भने गीतलाई युनिक मुभिजले बजारमा ल्याएको हो ।