सुदुरपश्चिम प्रदेश : ४५ कोरोना सङ्क्रमित फेला, मुख्यमन्त्री भट्टको रिपोर्ट नेगेटिभ - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सुदुरपश्चिम प्रदेश : ४५ कोरोना सङ्क्रमित फेला, मुख्यमन्त्री भट्टको रिपोर्ट नेगेटिभ



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्री भट्ट सहित ८३ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

मुख्यमन्त्रीको सचिवालयका सवारी चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री भट्टसहित उनको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत कर्मचारीहरूको विहीवार स्वाब संकलन गरिएको थियो । त्यस्तै सुदूरपश्चिम प्रदेशमा आज ४५ कोरोना सङ्क्रमित फेला परेका छन् । ति मध्ये कैलाली,कञ्चनपुरमा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ४४ नमुना परीक्षण गर्दा कैलालीका १९ र कञ्चनपुरका १७ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।