सुजल बमको 'बैनी झ्यालैमा' (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुजल बमको ‘बैनी झ्यालैमा’ (भिडियो सहित)



कैलाली । किर्तिमानी कलाकार सुजल बमद्धारा अभिनित म्युजिक भिडियो ‘बैनी झ्यालैमा’ सार्वजनिक भएको छ । बोल्न र सुन्न नसक्ने हुदा पनि म्यूजिक भिडियोमा अभिनय गरेर विश्व रेकर्ड राख्न सफल बहिरा कलाकार बमको यो भने दोश्रो भिडियो हो ।

उनले अभिनय गरेको पहिलो म्युजिक भिडियो ‘झिमझिम परेली’ ले बमलाई सर्वाधिक चर्चामा पुर्याएको मात्र थिएन बिश्व किर्तिमान समेत राख्न सफल बनाएको थियो । बोल्न र सुन्न नसक्ने १७ वर्षिया बहिरा कलाकार सुजल बमले सोही गीत मार्फत विश्व रेकर्ड कायम राखेकी हुन । प्रकाश दुतराजको शब्द, सँगीत र स्वर तथा निर्देशन कथा रहेको गीतको भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छन् ।

करण चैसिरले छायाँकन गरेको गीतको भिडियोमा उत्तमकुमार कार्की र सागरबाबु भट्टको सम्पादन रहेको छ । भिडियाको प्रोडक्सन म्यानेजर टेक बम हुन् । उनको दोश्रो म्युजिक भिडियो पनि सांगितीक बजारमा चर्चाको शिखरमा रहेको छ । अन्तराष्ट्रिय फेशन तथा रियालिटि सोमा सहभागिता जनाउने र कलाकारीता क्षेत्रमै आफ्नो भविष्य बनाउने छोरी सुजलको सपना रहेको उनका बुबा टेक बमले बताए ।

भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=nzSCjjhNki4