सुजाता कोइरालालाई हराएर ऋषिकेशले बाजी मारे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुजाता कोइरालालाई हराएर ऋषिकेशले बाजी मारे



नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई हराउँदै मोरङ २ मा ऋषिकेश पोखरेल विजयी भएका छन् ।

मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी कोइरालालाई हराउँदै नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका हुन्।

पोखरेलले ३३ हजार १ सय ४८ मत पाएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुजाता कोइरालाले ३१ हजार ९४० मत पाइन्।

यससँगै सुजाताको संसद र मन्त्री बन्ने यसपालिको इच्छा पूरा हुन सकेन । कांग्रेसमा सधैं अवसर लिने गरेकी सुजाटाई यसपटक भने धक्का लागेको छ ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र प्रसाद न्यौपानेले ४ हजार ९ सय ८७ मत ल्याए।

राप्रपाका गोपाल दाहालले २ हजार ७ सय ४५ मत ल्याए।