ताप्लेजुङका स्थानीयले लगाए वायुसेवा निगमलाई गम्भीर आरोप - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ताप्लेजुङका स्थानीयले लगाए वायुसेवा निगमलाई गम्भीर आरोप



ताप्लेजुङ- ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन । वर्षातमा मौसम खराबीका कारण उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो ।

मौसम खुलेसँगै उडान गर्न सकिने भए पनि पछिल्लो पटक यात्रु नभएकाले उडान नभएको नेपाल वायुसेवा निगमले जनाएको छ । असार, साउनमा मौसम खराबीले नियमित उडान हुन पाएको थिएन, अहिले उडानका लागि मौसम अनुकूल भए पनि एक÷दुईजना यात्रु फाट्टफुट्ट मात्र आउने गरेकाले यस्तो अवस्था आएको बताइएको छ ।

यद्यपि चार÷पाँचजना सम्म यात्रु पाए घाटा बेहोरेर भएपनि उडान शुरु गर्ने मनस्थितिमा निगम रहेको छ । सुकेटार विमानस्थलमा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ काठमाडौँ उडान गर्ने नियमित कार्यतालिका छ । यता निगमले विभिन्न कारण देखाउँदै नियमित उडान नगरेकाले भरपर्दो हुन नसकेको स्थानीयवासीको आरोप छ ।

पटक–पटक टिकट काटेर विमानस्थलबाटै फर्कनुपर्ने बाध्यता रहँदै आएको भन्दै स्थानीयवासीले गाडी नै चढ्ने गरेका छन् । यो वर्ष असार ४ यता उडान हुन सकेको छैन ।