‘सुकुम्बासी समस्या समाधानकालागि संवैधानिक आयोग बनाउँछौं’ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘सुकुम्बासी समस्या समाधानकालागि संवैधानिक आयोग बनाउँछौं’



रुपन्देही ः नेपाली काँग्रेसका नेता रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभाका उम्मेदवार युवराज गिरीले सुकुम्बासी समस्या समाधानकालागि आफू प्रतिवद्ध रहेको बताउँदै नेपाली काँग्रेसले जितेमा संवैधानिक रुपमा नै आयोग बनाएर सुकुम्बासी समस्या निर्मुल पार्ने प्रतिवद्धता दोहो¥याउनु भएको छ ।

रुपन्देहीमा सुकुम्बासी समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै सुकुम्बासी समस्या कसरी हटाउन सकिन्छ भन्नेमा आफू लागिरहेको र सुकुम्बासी समस्या अन्त्यकालागि पनि नेपाली काँग्रेसको जित अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ बाह्र नम्बरमा नेपाली काँग्रेसको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै महाधिवेशन प्रतिनीधि समेत रहनु भएका उम्मेदवार गिरीले एमाले नेता विष्णु पौडेलले पटक पटक सुकुम्बासीलाई पुर्जाको व्यबस्था गर्ने प्रतिवद्धता जनाएर निर्वाचन जितेपनि चुनावपछि फर्केर नहेरेको आरोप लगाउनु भयो ।

त्यस्तै उहाँले बुटवलको फूलबारीमा स्थापना भएको भूपू सैनिकको स्थायी पेन्सन क्याम्प एमालेको बिरोधले केही फरक नपार्ने बताउनु भयो । नेपाली जनतालाई सुबिधा दिनकालागि सरकारमा रहेका तत्कालिन मन्त्रीहरु बालकृष्ण खाँण, शंकर भण्डारी र स्थानीय नेताहरुको पहलमा फूलवारीमा पेन्सन क्याम्प स्थापना भएको स्मरण गर्दै उहाँले उक्त पेन्सन क्याम्प रोक्नकालागि एमाले नेताहरु त्यतीवेला देखि नै खुलेर बिरोधमा लागेको भएपनि आफूहरु स्थायी पेन्सन क्याम्प बनाएरै छाडेको बताउनु भयो ।

उहाँले ठाउँठाउँमा खेलकुँद मैदान, युवालाई रोजगारीको व्यबस्था, उद्योग व्यबसाय सञ्चालनकालागि लगानीमैत्री वातावरण बनाउने, विदेश पलाएन भईरहेका युवालाई नेपालमै रोजगारीको सिर्जना गर्नकालागि आफ्नो उम्मेदवारी भएको उल्लेख गर्नुभयो ।

त्यस्तैगरी प्रदेश सभा उम्मेदवार काजिमान श्रेष्ठले सुकुम्बासीका नाममा राजनीति गर्ने परिपाटीको अन्त्यकालागि पनि अहिले नेपाली काँग्रेसले जित्न अपरिहार्य रहेको बताउनु भयो । उहाँले यस अंगाडी पटक पटक अव्यबस्थित तथा सुकुम्बासी बस्तीलाई व्यबस्थित गर्छ भनेर भ्रम छर्ने व्यक्ति फेरीपनि त्यही नारा लिएर भोट माग्न आउँदै गरेको र सुकुम्बासीलाई पुर्जा दिने झुटा आश्वासनको राजनीति मतदाताले बुझ्नुपर्ने बेला आएको बताउनु भयो ।
एमाले माओवादी बाम गठबन्धनका नाममा साम्यवाद ल्याउने दिवा सपना पुरा नहुने बताउँदै मजदुर नेता समेत रहनुभएका श्रेष्ठले लोकतन्त्र समाप्त गर्ने खेलमा कोही पनि लाग्यो भने त्यो आफै समाप्त हुने चेतावनी दिनुभयो ।

एमाले र माओवादीको गन्तव्य फरक रहेको बताउँदै उहाँले आफ्नै पार्टीका बिद्वान नेता बाबुराम भट्टराई, मोहन बैद्य लगायतलाई पाखा लगाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई नेतृत्व सुम्पिन नसक्ने र एमाले अध्यक्ष ओलीले पनि दाहाललाई नेतृत्व सुम्पिन नसक्ने हुँदा पार्टी एकताको कुरा छेपाराको आहान भन्दा अरु नभएको दावी गर्नुभयो ।

नेपाली काँग्रेसका नेता गोकर्ण पौडेलले युनाईटेड नेसनमा सदस्यता लिएको १७६ देश मध्ये ४ वटा पनि कम्युनिज्म मुलुक नभएको दावी गर्दै संसार नै लोकतन्त्रको जगमा अडेकाले नेपाललाई पनि कसैले कम्युनिज्म बनाउन नसक्ने दावी गर्नुभयो । उहाँले सप्तरी, सिराहलाई नेपाल होईन र मधेशी जनतालाई नेपाली होईनौ बिहार जाउ भन्ने पार्टी राष्ट्रवादी हुनै नसक्ने जिकिर गर्दै उहाँले एमालेको राष्ट्रवाद खोक्रो राष्ट्रवाद भएको उल्लेख गर्नुभयो ।

वडा सभापति खगनाथ भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व जिल्ला सभापति शैलेन्द्र अधिकारी, निर्वाचन प्रचार प्रसार समिति क्षेत्र नं. २(२)का संयोजक यमबहादुर खत्री लगायतले अहिलेको निर्वाचन लोकतन्त्र र साम्यवादका बिचमा भएकाले लोकतन्त्रको सुरक्षाकालागि पनि नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउनु पर्ने बताउनु भएको थियो ।