सुकुम्बासी समस्या समाधान आफ्नो पहिलो प्राथमिकता : खत्री  - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुकुम्बासी समस्या समाधान आफ्नो पहिलो प्राथमिकता : खत्री 



बुटवल,६  असार 

नेपाली कांग्रेसको तर्फबाट देवदह नगरपालिकाको मेयरका उम्मेदवार बुन्नु भएका हिराबहादुर खत्रीले देवदहको सुकुम्बासी समस्या समाधान आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । देवदहको वडा नम्बर ८ मा भएको घरदैलो कार्यक्रमका क्रममा सोमबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले देवदहमा ७० प्रतिशत भन्दाबढी समस्या अब्यवस्थित बसोबासीे रहेकाले सबैका हातहातमा लालपुर्जा वितरण गर्ने योजना कांग्रेसले लिएको बताउनुभयो ।

उहाँले देवदहको अब्यवस्थित बसोबासलाई कसरी ब्यवस्थित गर्न सकिन्छ भन्ने चिन्तन कांग्रेसले लिएको बताउदै त्यसका लागि पनि कांग्रेसको जित आबश्यक रहेको बताउनुभयो । वडा नम्बर ८ कोा वडा अध्यक्षका उम्मेदवार प्रमोद खनालको सक्रियतामा भएको घरदैलो कार्यक्रममा महासमिति सदस्य जिवलाल पराजुली, जिल्ला सदस्य बासुदेव रिमाल, नेता डिल्लीराज मरासिनी, रामप्रसाद देवकोटा, ताराप्रसाद पराजुली लगायतको सहभागिता रहेकोा थियो । देवदह नगरपालिकाका विभिन्न वडाहरुमा वडा अध्यक्षहरुको नेतृत्व तथा सक्रियतामा घरदैलो कार्यक्रमहरु जारी रहेको कांग्रेस नगर सचिव अर्जुन पोखरेलले जानकारी दिनुभयो ।