कक्षा ९ मा अध्ययनरत सुलेमान कञ्चनपुरबाट बेपत्ता , घरमा रुवाबासी - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

कक्षा ९ मा अध्ययनरत सुलेमान कञ्चनपुरबाट बेपत्ता , घरमा रुवाबासी



कञ्चनपुरको दक्षिणी भेग आई.बि.आर.डीबाट एक बालक बेपत्ता भएका छन्। एजी ईङलिश हाई स्कुल पुनर्वास न.पा. २ मोती बस्तीबाट कक्षा ८ पास गरी ९ कक्षामा भर्ना हुन लागेका सुलेमान मिजार सोमबारदेखि अचानक बेपत्ता भएका हुन्। टिसर्ट र निलो जिन्स पाइन्ट लगाएका सुलेमान १५ वर्षका छन्। अहिले उनको घरमा रुवाबासी चलेको छ।

सुलेमान सोमबार दिउसो फुटबल खेल्न भनी घरबाट निस्केको उनका आफन्तले जनाएका छन्। सुलेमान हराएपछि छिमेकी र गाउँले मिलेर खोजी सुरु गरेका थिए। बालक नभेटिएपछि अभिभावकले सुलेमान हराएको जानकारी इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीलाई गराएका थिए। तर, अहिलेसम्म उनी फेला नपरेको परिवारले बताएका छन्।

खुल्ला सीमाका कारण भारत जान सक्ने भन्दै सीमावर्ती बजारहरूमा खोजी गरिए पनि अहिलेसम्म फेला पार्न नसकिएको उनका आफन्तले जनाएका छन्। घरमा छोरा हराएको पीडाले आमा बेहोस भएकी छिन्। सुलेमानका बुबा भने विगत केही बर्षदेखि वैदेशिक रोजगारमा खाडी मुलुक साउदीमा कार्यरत छन्। सुलेमान तीन दाजुभाइमा माहिला हुन्।

सुलेमानको खोजी गरिदिन उनको परिवारले प्रहरीमा निवेदन दिइसकेको छ। कसैले भेटे वा फेला परेमा नजिकको प्रहरी कार्यालय तथा मोबाइल नम्बर ९८६८४६३६७९ र ९८०४६४७१८६ मा फोन गर्न परिवारले अपील गरेको छ।