अजेय सुमार्गीको २२ वटा बैंक खाता राष्ट्र बैंकद्वारा रोक्का - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अजेय सुमार्गीको २२ वटा बैंक खाता राष्ट्र बैंकद्वारा रोक्का



काठमाडौं– पछिल्लो समय विवादित बनेका व्यवयसायी अजेय सुमार्गीको २२ वटा बैंक खाता रोक्का भएको छ । सुमार्गीको बैंक खाता राष्ट्र बैंकले रोक्का गरेको हो ।

सुमार्गी अबैधानिक रुपमा विदेशी लगानी भित्र्याएको आरोपमा चर्चामा छन् र अदालतमा मुद्दा खेपिरहेका छन् ।

शुक्रबार राष्ट्र बैंकले सुमार्गी, सुमार्गीका परिवार र सुमार्गी संलग्न रहेका सबै मिडिया तथा संघ-संस्थाका बैंक खाताहरु रोक्का गरेको छ ।

अदालतको फैसला नआउँदै राष्ट्र बैंकले आफ्नो कारोबार बैंक खाता रोक्कागर्दै बैंकले आफुमाथि अन्याय गरेको सुमार्गीले आरोप लगाएका छन् ।

राष्ट्र बैंकको यस्तै रबैया रहे स्वदेशमा विदेशी लगानी भित्र्याउन समेत गा¥हो पर्ने सुमार्गीले बताएका छन् ।