अर्घाखाँचीमा सुपादेउराली आईडल २०७३ को आयोजना हुने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अर्घाखाँचीमा सुपादेउराली आईडल २०७३ को आयोजना हुने



घनश्याम पौडेल /सन्धिखर्क, ३  माघ
पुराना कलाकारलाई सम्मान नयाँ कलाकारलाई पोत्साहन भन्ने मुख्य नाराका साथ सुपादेउराली म्युजिक कम्पनीले सुपादेउराली आईडल २०७३ को आयोजना गर्ने भएको छ ।

नेपाली गित संगितमा लागेर लामो समय सम्म प्रतक्ष अप्रतक्ष रुपमा अर्घाखाँची जिल्लामा गित संगितमा योगदान पुराउने कलाकार संचार कर्मी संचार माध्यम बिभिन्न पेशामा रहेर पनि गित संगितलाई जोगाई राख्न सहयोग पुराउने संस्था लाई सम्मान कार्यक्रम र गाउँ बस्तिमा लुकेर रहेका प्रतिभा लाई राष्ट्यि स्तरको कलाकार बनाउने उद्देश्यले आउदो माघ २२ अर्घाखाँची जिल्लाको टुडिखेलमा भव्य कार्यक्रमको आयोजना गरेको सुपा देउराली म्युजिक प्रालीका प्रबन्धक यमन खनालले  दिनुभएको छ ।

सुपादेउराली आईडलमा आधुनिक, लोक दोहोरी, नृत्य, अभिनय गर्न पाईने भएको छ । जसमा प्रथम हुनेलाई गित रेकड गर्ने व्यवस्था, नृत्य तर्फ प्रथम हुनेलाई भिडियोमा खेल्ने अवसर, अभिनयमा प्रथम हुनेलाई भिडियोमा खेल्ने अवसर सँगसँगै प्रमाण प्रत्र सहित सम्मान गरिने खनालले जानकारी दिनुभयो । साथै उक्त कार्यक्रममा अर्घाखाँची जिल्लाममा जन्मेर गित संगितमा चर्चा कमाएका ख्याति प्राप्त कलाकारको बेजोड सांगितिक प्रस्तुति रहने छ ।

जसमा कमल सौराग, मधुसुदन बन्जाडे, यमन खनाल, सितल के.सी, विश्वास नेपाल, सम्भु कुवँर, जिवन परियार, पुर्सोतम पौडेल, मोहित मुनाल, श्रीधर पाण्डे लगाएतका कलाकारको प्रस्तुती रहने भएको छ ।