कमेडियन सुरज भिरखोइरेको "जाड खाएर ओछ्यानमै" चर्चामा ( भिडियो सहित) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कमेडियन सुरज भिरखोइरेको “जाड खाएर ओछ्यानमै” चर्चामा ( भिडियो सहित)



पछिल्लो समय सामाजिक संझालमा निकै सक्रिय देखिदै आएका हास्य कलाकार सुरज भिरखोइरेको कमेडि शैलीमा प्रस्तुत गरिएको ”जाड खाएर ओछ्यानमै मुत्ने पोई परोस” लोक दोहोरी गीत केही समय अगाडि सार्वजनिक सँगै निकै चर्चामा छ ।

सर्जक तथा हाँस्यकलाकार सुरज भिरखोइरे र बाबु परियारको प्रस्तुतिमा बजारमा आएको गीतमा समाजमा रहेको विकृति र समाजमा घट्ने घटनाको वास्तविक चित्रण गरिएको र रक्सी खाने र आधुनिक केटा केटी बिच हुने रमाइलो कुराकानीलाई गीतले उठाउन खोजिएको छ ।

कुशुम सिँम्खडा क्षेत्री र बाबु परियारको आवाज रहेको सो गीतमा सुरज भिरखोइरेले उत्कृष्ट शब्द तथा लय सिर्जना गरेका छन् भने भिरखोइरेको गीतमा दमदार अभिनय पनि देख्न सकिन्छ । गीतको म्युजिक भिडियो विक्रम चौहानले निर्देशन गरेका छन् ।