सुशान्त प्रकरणमा दुई जना पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुशान्त प्रकरणमा दुई जना पक्राउ



काठमाडौँ- बलिवुडमा निकै चर्किएको अभिनेता सुशान्त सिंह राजपुतको घटनाले अहिले फरक मोड लिन थालेको छ ।

उनको मृत्युको छानबिनको क्रममा उनकी प्रेमिका रिया चक्रवर्तीका भाई शौविक चक्रवर्ती र सुशान्तका पूर्व म्यानेजर साम्युल मिरांडालाई पक्राउ गरिएको छ ।

दुवैलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेको पिटीआइले जनाएको छ ।

सुशान्तको मृत्यु प्रकरणमा छानबिन गरिरहेको सिबिआईले अनुसन्धानको क्रममा सुशान्तको मृत्यु ड्ग्ससँग सम्बन्धित रहेको देखिन आएपछि नार्कोटिक्स ब्युरो अहिले अनुसन्धानमा जुटेको छ ।

सुशान्तको मृत्यु प्रकरणमा यो पहिलो पक्राउ हो । अनुसन्धानको क्रममा ड्रग्स लेनदेनको विषय अगाडी आएपछि अहिले अनुसन्धान ड्ग्सको विषयमा केन्द्रित भएको छ ।

यस क्रममा ड्ग्ससँग जोडिएका केहि व्यक्तिहरुसँग यस अघि बयान समेत लिइएको थियो ।

ब्युरोको टिमले शुक्रबार नै शौबिक र साम्युलको घरमा छापा मारेको थियो भने गएराती दुवैलाई हिरासतमा समेत लिएको छ ।

गत जुन १४ मा आफ्नै घरमा मृत फेला परेका अभिनेता सुशान्त सिंह राजपुत आफै नभई अरू कसैले मारेको भन्ने आम जनता र परिवारको दाबिपछि अहिले यस विषयको अनुसन्धान सिबिआइले गरिरहेको छ ।

यस क्रममा सुशान्तसँग जोडिएका एक दर्जन भन्दा बढीको बयान समेत लिइएको छ । घटनालाई राजनीतिक रंग दिन थालिएपछि यस प्रकरणलाई सिबिआइको जिम्मा दिइएको हो ।