पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त 'स्वर्ण पदक' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त ‘स्वर्ण पदक’



काठमाडौं । २०६२/०६३ को जनाअन्दोलन सफल भएदेखि २०६४ बाट हरेक वर्ष प्रदान गरिँदै आएको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक यस वर्ष पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ।

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ का नेतृत्वकर्ता तथा पूर्वप्रधानमन्त्री कोइरालालाई गणेशमान सिंह तथा जनअन्दोलन सहिद स्मृती प्रतिस्ठानले संविधान दिवसको अवसरमा दिन ३ असोजमा उक्त पदक प्रदान गर्न लागेको हो।

प्रतिस्ठानका अध्यक्ष भीमसेनदास प्रधानले कोइरालाको सम्मानमा मरणोपरान्त उक्त पदक प्रदान गर्न लागिएको जानकारी दिए। पदक राष्ट्रपति विद्यादेवि भण्डारिको प्रमुखअतिथ्यतामा विशेष समारोहकाबिच प्रदान गरिने छ।

गत वर्ष उक्त पदक लोकतत्रको स्थापनामा महत्वपूर्ण भूमिका निभाएको भन्दै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाइ प्रदान गरिएको थियो। त्यसअघि पूर्वराष्ट्रपती रामवरण यादव, संविधान सभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ तथा संविधान मस्यौदा समितिका सभापती कृष्णप्रसाद सिटौलालाई प्रदान गरिसकिएको छ।

गिरिजाप्रसाद कोइरालालाई समेत मरणोपरान्त उक्त पदक प्रदान गरिसकिएको छ।