यी हुन् देशका खातिर जितिएका ४१ स्वर्ण: नाम र सूची सहित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यी हुन् देशका खातिर जितिएका ४१ स्वर्ण: नाम र सूची सहित



काठमाडौं- १३ औं दक्षिण एशियाली खेलकुद (साग) को छैंठौ दिन नेपालले थप पाँच स्वर्ण जितेको छ । यो सँगै नेपालको स्वर्ण संख्या ४१ पुगेको छ ।

नेपालले सागमा ५० स्वर्ण जित्ने लक्ष्य लिएकोमा नजिक पुगिसकेको छ । जुडो र फुटबलमा नेपालले पदकको आशा राखेकाले लक्ष्य भेटिने सम्भावना बलियो भएको छ । नेपालले एथलेटिक्स, पौडी र भारत्तोलनमा स्वर्ण जितेपछि प्रदर्शन सोचे भन्दा राम्रो भएको हो ।

नेपालले शुक्रबार गल्फमा दुई, एथलेटिक्स, पौडी र भारत्तोलनमा एक एक स्वर्ण जित्यो । पुरुष पाँच हजार मिटरमा गोपी चन्द पार्कीले स्वर्ण पदक जिते । उनले भारतका सुनील डावरलाई प्रतिष्पर्धात्मक खेलमा पछि पारे ।

महिला दुई सय मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले स्वर्ण जितिन् । यो पौडीमा उनको दोस्रो स्वर्ण पदक हो ।

गल्फमा सुवास तामाङले दोहोरो स्वर्ण जिते । उनले व्यक्तिगत र टिम इभेन्टमा स्वर्ण जितेका हुन् । टिम इभेन्टमा उनका साथीहरु शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ थिए । विकास थापाले भारोत्तोलनमा स्वर्ण जिते । उनले ८९ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् ।

नेपालले २७ रजत, ४८ काँस्यसहित कुल ११६ पदक जितेको छ । पहिलो स्थानमा रहेको भारतले ८१ स्वर्ण, ५९ रजत र २५ काँस्य गरी कुल १६५ पदक जितेको छ । श्रीलंकाले २३ स्वर्ण, ४२ रजत र ६९ काँस्य जितेर तेस्रो स्थान बनाएको छ । पाकिस्तान १९स्वर्ण, २५ रजत र २९ काँस्यसहित ७३ पदकका साथ चौंथो स्थानमा छ ।

तेक्वान्दो
गोविन्द आले (पुम्से ५८ केजी)
कमल श्रेष्ठ (पुरुष एकल)
आयशा शाक्य (२९ वर्षमाथिको पुम्से)
आयशा शाक्य र सञ्जीवकुमार ओझा (२९ वर्षमाथिको मिक्स पुप्से)
पार्वती गुरुङले (२३ देखि २९ वर्ष पुम्से)
सीना मादेन लिम्बु (१७ देखि २३ वर्ष पुम्से)
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई (२३ वर्षमाथिको स्पर्धा)
वीरबहादुर महरा (पुरुष ६८ केजी मुनी)
काजल श्रेष्ठ (४६ केजी महिला)
संगिता बस्याल (६२ केजी महिला)
सक्षम कार्की (८७ केजी पुरुष)
भुपेन श्रेष्ठले (पुरुष ८७ केजी)

कराँते
मन्डेकाजी श्रेष्ठ (पुरुष काता)
लक्ष्मण तामाङ (५४ केजी)
निर्मला तामाङ, संगिता मगर र सरु काकी (महिला टिम काता)
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन (पुरुष टिम काता)
विप्लव लाल श्रेष्ठले स्वर्ण (८४ केजी तौल माथि)
कुसुम खड्का (४५ केजी कुमुते)
अनु अधिकारी (५० केजी कुमुते)
नविन रसाइली (६७ केजी पुरुष कुमिते)
सुनिता महर्जन (६७ केजी महिला कुमिते)
उसु
विजय सिञ्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दिपक हमाल (थाउलो नानगुन)
विजय सिंजाली र सुष्मिता तामाङ (थाउलो)
जुनी राई (महिला ५६ केजी )
निमा घर्ती मगर (नन्डाओ अल राउन्ड)

साइकलिङ
निष्मा श्रेष्ठ (महिला डाउनहिल)
राजेश मगर (पुरुष डाउनहिल)
बुद्धिबहादुर तामाङ (पुरुष क्रस कन्ट्रि)
लक्ष्मी मगर (महिला क्रस कन्ट्रि)

पौडी
गौरिका केसी (महिला २०० मिटर फ्रिस्टाइल)

गौरिका सिंह (महिला २०० मिटर ब्याकस्ट्रोक)

एथलेटिक्स
सन्तोषी श्रेष्ठ (महिला १० हजार मिटर)

गोपी चन्द पार्की (पुरुष ५००० मिटर )

ट्रायथलन
सोनिका गुरुङ (महिला)
दुवाथोलन
हिमाल टमाटा
भारोत्तोलन
सन्जु चौधरी (महिला ५९ केजी)

विकास थापा (८९ केजी समूह)

गल्फ
सुवास तामाङ (व्यक्तिगत इभेन्ट)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ (टिम इभेन्ट)