१० जना महिलामा एक जनाको यौनसम्पर्क पीडादायी हुन्छ:अध्यान - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

१० जना महिलामा एक जनाको यौनसम्पर्क पीडादायी हुन्छ:अध्यान



एजेन्सी ।

हरेक १० जना महिला मध्ये एकजना महिलाले यौनसम्पर्क पछि दुखाइको अनुभव गर्ने गरेको एक अध्ययनले देखाएको छ । प्रसुतीसँग सम्बन्धित ब्रिटिस जर्नलले सबै महिला आफ्नो  यौनजीवनबाट सुखी र खुशी छन् त ? भन्ने शीर्षकमा हालै गरेको एक अनुसन्धानमा खासगरी १६ देखी २४ र ५५ देखी ६० वर्ष बीचका महिलाहरुले दुखाईको अनुभव गर्ने गरेको जवाफ दिएका थिए ।

शारीरिक सम्पर्क पिडादायी हुनुमा विभिन्न कारणहरु रहेको पनि अध्ययनका क्रममा भेटिएको दाबी गरिएको छ । कुनै महिलाले मानसिक रुपमा विक्षिप्त, चिन्तित तथा मन नपरेको यौनपार्टनरका कारण पनि यौनसम्पर्कका बेला पीडा महसुस हुने देखिएको जर्नलमा उल्लेख गरिएको छ । त्यसैगरी शारीरिक रुपमा अस्वस्थ, आर्थिक रुपमा विपन्न तथा कुनै यौनजन्य रोग लागेका महिलाहरुको शारीरिक सम्पर्क पनि पिडादायी हुने गरेको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ ।