बिरामीसँग स्वास्थ्यकर्मीको व्यवहार ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बिरामीसँग स्वास्थ्यकर्मीको व्यवहार !



दीपक घिमिरे

केही समय अघि बाबु बिरामी भएर डाक्टरलाई चेक गराउन घोराहीकै एउटा क्लिनिकमा गएँ । ज्यादै भिड हुने उक्त क्लिनिकमा डाक्टरलाई तीन घण्टा कुरें । पालो पर्खेर बस्ने सयौ बिरामी उक्त क्लिनिकमा थिए । बिरामी धेरै हुने अचम्मको कुरा हैन , अचम्म त त्यति बेला परे जतिबेला ती क्लिनिकका स्टाफहरुले बिरामीलाई कुकुरलाई जस्तै व्यवहार गरे ।
राम्रो सँग बोल्न समेत नसकेकी एक वृद्ध महिला आफ्नो रिपोर्ट देखाउन भित्र डाक्टरको कोठामा जान्छु भन्दा निक्कै रिसायर एक स्टाफले भने “ एक पटक भनेको सुन्नुभैन ? अझै आएको छैन पालो , उ पर गएर थपक्क बस्नुस । म पालो आएसी बोलाउछु । ”
ती वृद्ध सुस्केरा हाल्दै गएर बसिन । उनी निक्कै बिरामी थिइन तरपनि ती स्टाफको थर्काईले लजाउदै गईन । उनको अवस्था हेर्दा उनले जसको पालो मिचेपनि कोही रिसाउने वाला थिएन तर ती स्टाफ रिसाए , जो आफूलाई ठुलो मान्छे ठानेर बिरामी सँग झर्किदै थिए ।
अर्को एक जना इमर्जेन्सी भन्दै अघि जान खोजे । उनको हातमा एक्सरेको फाइल थियो । एकजनाको सहारामा उभिएका थिए । सायद दुर्घटना सम्बन्धी उपचार हुनुपर्दछ । उनले पनि हप्काई खाए , उनै वरिष्ठ स्टाफ बाट । अनि थपक्क गएर आफ्नै ठाउँमा बसे , उसै गरी लजाउदै ।
हो ! एउटा बिरामीले अरूको पालो मिचेर अघि सर्नु गलत हो तर त्यो भन्दा ठुलो गल्ती ती स्वास्थ्यकर्मीको हो जसले बिरामी सँग अभद्र व्यवहार गरे । उनले बिरामीलाई नम्र भएर सम्झउन सक्थे तर त्यसो गरेन्न । मैले एकजनालाई सम्झाउदै भने “ बिरामी सँग नम्र भएर बोल्नुस , उ बाध्यताले तपाईँको क्लिनिकमा आएको हो , डाक्टर सरकारी अस्पतालमा बस्थे भने तपाईँको क्लिनिकमा कोही आउथेन । यो बेला त्यो बिरामी तपाईँको ग्राहक हो , ग्रहाक सँग बोल्ने तमिज र गर्ने व्यवहार सिक्नुस । ”
उनले मलाई खाउला झैँ गरेर हेर्दै भने “ तमीज र व्यवहार तपाईँले सिकाउन पर्दैन , उ त्यहाँ गएर बस्नुस । यहाँ हामीलाई मिलाउन निक्कै गारो भएको छ । जान्ने भएर बिचमा नबोल्नुस । ”
उनको कुराले वाक्क परे , ‘ मूर्ख देखि दैव डरायो ’ भन्ने उखान सम्झिए अनि छोरो समातेर पालो कुरे ।
पालो कुरेको चार घण्टा पछि मेरो पालो आयो । डाक्टरको कोठामा बाबुलाई लिएर गए । डाक्टरले पर्चा समातेर भने “ के भएको ? ”
मैले सबै सुनाए । उनले सोधेका हरेक प्रश्नको उत्तर दिए । उनी यति कडा रूपमा प्रस्तुत भएकी म भित्रको रिसको पारो निक्कै तात्यो । उठेर गालामा दुई झापट लगायर निस्कौ झैँ भएको थियो तर बाध्यता थियो , उनी विशेषज्ञ डाक्टर थिए । त्यही जाँच उनले गरेनन भने मलाई नेपालगञ्ज या बुटवल कुदनु प¥थ्यो । विवश भएर जाचँ गराए । अनि चुपचाप बाहिरिय ।
यो नेपाली स्वास्थ्य क्षेत्र भित्रका खराब चरित्र भएका स्वास्थ्यकर्मीहरुको परिचय हो । यो परिचयले मेरो मात्र समस्या देखाएको पटक्कै हाईन । मैले भोगेको र देखेको जस्तै समस्या हरेक बिरामीको देख्न सकिन्छ र भोगेका पनि छन् । निजी क्लिनीकमा धाउन विवश बिरामीको साझा समस्या हो यो ।

स्वास्थ्यकर्मी या क्लिनिक सञ्चालकले बिरामी सँग गर्नुपर्ने नम्र व्यवहार कसैले गरेको पाईदैन । उनीहरू एउटा अपराधी सँग सुरक्षाकर्मीले गरेको जस्तो व्यवहार गर्दछन् । उनीहरूको व्यवहारले सोच्दछु , के बिरामी हुनु अपराध नै हो त ? 

अस्ति घोराहीका युवा सन्तोष बस्नेत भिडियो एक्सरेको लागि नाम लेखाउन एउटा क्लिनिक पुगे । उनले बिरामी पछि आउने अहिले नाम मात्र लेख्दिनुस भन्दा मानेनन । भिडियो एक्सरे शुल्क बुझाए मात्र नाम लेखिने नत्र नहुने स्वास्थ्यकर्मीले बताए । अरूको नाम लेखाउन पुगेका सन्तोषले शुल्क तिरे बापत रसिद माग गर्दा क्लिनिक स्टाफ रिसले चुर भए अनि हल्का झगडा जस्तै भयो ।
स्वास्थ्यकर्मी या क्लिनिक सञ्चालकले बिरामी सँग गर्नुपर्ने नम्र व्यवहार कसैले गरेको पाईदैन । उनीहरू एउटा अपराधी सँग सुरक्षाकर्मीले गरेको जस्तो व्यवहार गर्दछन् । उनीहरूको व्यवहारले सोच्दछु , के बिरामी हुनु अपराध नै हो त ?
हामीमा एउटा सामाजिक सोच छ कि बिरामीको आधा रोग डाक्टरको बोलीले निको हुन्छ । हो , यो साचो हो । अब बाचिन्न होला भनेर हिम्मत हारेको रोगिलाई डाक्टरले मीठो बोलेर ‘ रोग सामान्य हो , आत्तिनु पर्दैन ! नडराउनुस । ’ भन्यो भने अब अरू धेरै वर्ष बाचिन्छ झैँ लाग्दछ । यो मैले मात्र भोगेको र बुझेको छैन सायद नेपाल बाहिर गएर स्वास्थ्य जाँच गराएका हरेक बिरामी ले भोगेको र बुझेको हुनुपर्दछ । किन भने नेपाल बाहिर बिरामीलाई डाक्टरले गर्ने व्यवहार निक्कै फरक हुन्छ ।
एक पटक मेरो एलर्जी नेपालका औषधि ले ठिक नभएपछी लखनउ गए । साथीको साथमा गएको त्यो हस्पिटलको नाम मलाई याद छैन तर डाक्टरको नाम याद छ । निर्मला पाटिल नाम गरेकी ती डाक्टरनी ले मेरो पुरानो औषधी र डाक्टरी रिपोर्ट हेर्दै भनिन “ चिन्ता मत करो , सब ठिक होजाएगा । ”
उनको यही शब्दले मेरो आधा एलर्जी त्यति बेलै निको भयो । म खुसी भए तर त्यही एलर्जी घोराही मा चेक गराउदा एउटा छाला डाक्टरले भन्थे “ यो औषधि दुई हप्ता खानुस ! ठिक भएन भने यहाँ हुँदैन , पाल्पा जानुस । ”
नेपाली छाला डाक्टरको कुराले मेरो एलर्जी कहिले ठिक नहुने रोग भनेर चिन्तित गराएको थियो र उसको औषधि ले ठिक पनि भएन । साँच्चै भन्ने हो भने नेपाली डाक्टरहरु बिरामीलाई मानसिक रूपमा खुसी पार्न जान्दैनन । क्लिनिक वालाहरु बिरामीलाई मानवीय व्यवहार गर्दैनन , उनीहरू बिरामीलाई आफ्नो कमाईखाने भाडो सम्झन्छन । अनि डाक्टरहरु बिरामीको हैसियत ख्याल गर्दैनन । उनीहरू बिरामीको आर्थिक अवस्था नबुझी क्लिनिकलाई आम्दानी हुने रिपोर्ट तयार गर्न लगाउछन जसले गर्दा अलिकति कमिसन डाक्टरलाई पनि आवस अनि धेरै फाइदा क्लिनिकलाई पुगोस । यही सोच यति बेला डाक्टर र क्लिनीकमा हाबी हुँदै गएको मैले महसुस गरेको छु ।
सरकारी स्वास्थ्य संस्थामा बिस रुपैयामा पाइने सेवा निजी स्वास्थ्य क्लिनिकमा चार सय तिर्न बिरामी बाध्य छन् । तर पनि बिरामी गुनासो गर्दैनन किनभने बिरामी उत्कृष्ट सेवा चाहन्छन त्यो सरकारी अस्पताल दिन सक्दैन । तर पैसा तिरेर पनि हुने अभद्र व्यवहारले बिरामीलाई झन् बिरामी बनाउँदै लाने निश्चित जस्तै छ ।
बिरामी सँग मिजासिलो व्यवहार गरेर उनीहरूको घाउ मा मल्हम बन्नुको साटो बिरामीलाई अपराधी जस्तो व्यवहार गरिदा बिरामी स्वास्थ्य संस्था सम्म आउनै डराउने अनि आईहाले पनि डाक्टर अगाडि आफ्ना समस्या बताउनै नसक्ने भएका छन् । यो अहिलेको अवस्थामा निक्कै ठुलो समस्या बनेको छ । यस्लाई समाधान गर्नका लागि बिरामी रोग लुकाउन छाडेर स्वास्थ्य संस्था सम्म आउने वातावरण बनाउन जरुरी छ । यसका लागी पहिलो क्लिनिक सञ्चालकले बिरामीलाई गर्ने व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ अनि अर्को कुरा डाक्टरले बिरामी सँग बोल्ने शैलीमा परिवर्तन ल्याउन अति आवश्यक छ ।

 

 

उक्त लेखलाई हिमालापोष्टको अनुमति बिना कुनै पनि अनलाइनमा राखेको पाइएमा कडा कारबाही गरिनेछ