स्याङजामा वाम गठबन्धनका युवाहरुमाथि प्रहरीद्वारा लाठीचार्ज ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

 स्याङजामा वाम गठबन्धनका युवाहरुमाथि प्रहरीद्वारा लाठीचार्ज !



हिमाल पोस्ट /स्याङजा,२२  ।

स्याङजामा वाम गठबन्धनका युवाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

क्षेत्र नम्बर दुईका वाम गठबन्धनका उम्मेदवार पदमा अर्यालको लागि न्याय माग्न गएका वामगठबन्धका युवाहरूलाई प्रहरीले लठ्ठी प्रहार गरेको छ । प्रहरीको लठ्ठी प्रहारबाट नेकपा एमालेका युवा नेता कृष्ण खाँड गम्भीर घाइते भएका छन्।

अर्याललाई बिहिबार चापाकोट नगरपालिका–४ राममन्दिरमा मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले आाक्रमण गरी कुटपिट गरेका  थिए । सो विषयमा छानबिनका लागि वाम गठबन्धनका नेताहरू जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न गएका थिए।

छलफलबाट फर्कने क्रममा गठबन्धनका कार्यकर्ताहरूलाई प्रशासनको निर्देशनमा प्रहरीले लठ्ठी प्रहार गरेको नेता लक्ष्मीपति पौडेलले जानकारी दिए । ‘शान्तिपूर्ण रुपमा हामीले माग राखेका थियौं’ उनले भने, ‘प्रशासनले गोपालमान श्रेष्ठको निर्देशनमा कुटपिट गरेको हो।

निर्वाचन हार्ने निश्चित भएपछि गोपालमानले प्रशासन र पुलिसलाई हातमा लिई घटना घटाएको गठबन्धनको अरोप छ। गोपालमान र अर्याल स्याङजा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिस्पर्धा गरेका थिए।

तस्बिर :फाईल