तरुणदल स्याङ्जाका अध्यक्ष मल्ल प्रदेश चुनावको तयारीमा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

तरुणदल स्याङ्जाका अध्यक्ष मल्ल प्रदेश चुनावको तयारीमा



स्याङ्जा,  ७ भदौ ।
नेपाल तरुणदल स्याङ्जाका अध्यक्ष भागवत प्रकाश मल्ल प्रदेशको चुनावमा होमिने तयारी गरेका छन् । सरकारले केन्द्र र प्रदेशको चुनाव आगामी मङ्सिर १० गते तोके सँगै अध्यक्ष मल्लले जनताको माझमा जाने मनस्थिती बनाएको बुझिएको छ ।

मल्ल सबै सँग मिलनसार सङ्गठन भनेपछि मरिमेटी लाग्ने कार्यकर्तालाई परेको दुखसुखमा साथदिने भएक‌ै कारण उनी स्याङ्जामा निकै लोकप्रिय मानिन्छन् । विभिन्न सामाजिक सङ्घ संस्थामा नेतृत्व र आबद्ध हुँदै नेपाल तरुणदल स्याङ्जाको नेतृत्व हत्याउन सफल भएका मल्ल विनाशकारी भूकम्पमा नेपाल तरुणदल स्याङ्जालाई भत्किएका घरटहरा पुननिर्माण अस्थायी बसोबास राहतसामग्री लिएर जनताको घरदैलोमा परिचालन गरेका थिए ।
लोकप्रियता कमाएका मल्ल पुन: नेपाल तरुणदल स्याङ्जालाई बाढीपीडित जनतालाई थोरै भए पनि मलम लगाउने हेतुले राहत सङ्कलनमा परिचालन गरी संकलित रकम प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री राहतकोषमा जम्मा गरी निकै सर्हानिय कार्य गरेका मल्ल नेपाल तरुणदल स्याङ्जालाई पचहत्तर जिल्ला मध्येकै एक नमुना र उतकृष्ट सङ्गठन बनाएर केन्द्रको ध्यान समेत आकर्षित गरेका छन् ।

मल्लले प्रदेशमा उमेदवारी दिने आकाङ्क्षा देखाए सँगै तरुणहरु निकै हौसिएका छन् र पार्टीले टिकट उहाँलाई नै दिने तरुणहरु दाबी गरिरहेका छन् । मल्ल नेपाली काँग्रेस स्याङ्जाका महासमिति सदस्य अग्रज नेता गजिन्द्र प्रकाश मल्लको माईला सुपूत्र हुन । आफूले प्रदेशमा उमेदवारी दिने र त्यही अनुरूप लाग्न आफू निकट तरुण साथीहरूलाई बताउने गरेका छन् ।।