तथ्यांक भन्छः धूम्रपानका कारण दैनिक ७३ जना व्यक्तिले ज्यान गुमाउँछन् - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

तथ्यांक भन्छः धूम्रपानका कारण दैनिक ७३ जना व्यक्तिले ज्यान गुमाउँछन्



हिमाल पोष्ट / ८ मंसिर, काठमाडौं । सरकारी तथ्यांकका अनुसार नेपालमा धूम्रपानका कारण दैनिक ७३ जना व्यक्तिले ज्यान गुमाउँछन् । ७१ प्रतिशतभन्दा बढी मानिस कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोग गर्छन् । यसमध्येपनि महिलाहरु धुम्रपानका कारण उत्पन्न स्वास्थ्य समस्याबाट प्रताडित छन ।

चिकित्सकका अनुसार धूम्रपान नगर्ने महिलाको भन्दा धूम्रपान गर्ने महिलाको मासिक चक्र बढी गडबड हुन्छ । मानिसको जीवरस निर्माण गर्ने ग्रन्थीहरूमा नकारात्मक प्रभाव पारी यौन समस्या र बाँझोपना समेत आउन सक्छ । गर्भवती महिलाका र दमको रोगी पुरुषका लागि धूम्रपानले विषको भन्दा बढी काम गर्छ । गर्भावस्थामा धूम्रपान गर्नाले शिशुमा मस्तिष्क ज्वरोलगायत ५० थरीका रोग लाग्ने सम्भावना हुन्छ । महिलाको सुन्दरतामा पनि प्रत्यक्ष असर गर्छ धूम्रपानले ।

केही समय अघि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अधिकांशले स्कुले जीवनमै धूम्रपान सिक्ने गरेको देखियो । नेपालका ३१ जिल्लाका ५० विद्यालयका किशोरकिशोरीमा गरिएको सर्वेक्षणले स्कुल जीवनमै धूम्रपान गर्ने प्रवृत्ति धेरै रहेको देखाएको छ । अध्ययानअनुसार १९ वर्षकै हुँदासम्म २० दशमलव ४ प्रतिशत युवा धूम्रपानको लतमा फसिसकेका हुन्छन् ।