टेलिकमको अफर: सङ्कटमा पनि नाफा कमाउने काइदा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

टेलिकमको अफर: सङ्कटमा पनि नाफा कमाउने काइदा



काठमाडौं- कोरोना सङ्क्रमणको जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेपछि जनताले टेलिकमको रिचार्जमा निकै सास्ती बेहोर्नुपरेको छ।

नजिकका स्टोरमा रिचार्ज कार्ड छैनन् । धेरैजसो बैङ्कको टप अप सुविधा डाउन छ । यस्तो भयावह परिस्थितिमा नेपाल टेलिकमबाट उपभोक्ताले केही सुविधाको आशा गरेका थिए ।

भूकम्पमा फोन र इन्टरनेट सेवा निःशुल्क गरेको टेलिकमबाट केही आशा गरेका उपभोक्ताहरूले अहिले भने टेलिकमका साहुकार शैलीको अफर भने सुन्न पाएका छन् ।

मोबाइल सेवाको प्रयोगकर्ताहरूलाई रिचार्जमा बोनस दिने घोषणा गरिएको छ तर, त्यो बोनस भने बैङ्क र साहुले गर्ने कागजका जस्तै सर्तमाथि सर्त थपिएको छ ।

टेलिकम प्रवक्ता राजेश जोशीद्वारा बुधवार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएका सर्तहरू हेर्दा विपदको राहत होइन मजबुरीको फाइदा जस्ता देखिन्छन । विपदमा दिइएको बोनस १ दिन भित्र सक्नुपर्ने २ दिनभित्र सक्नुपर्ने यस्तै यस्तै अनेक ।

सामान्य व्यक्तिहरूले घर भाडा मिनाहा गरेका छन् । जनताले सरकारलाई सकेजति सहयोग गरिरहेका छन् । सक्नेले राहत कोषमा पैसा दिने घोषणा गरेका छन् ।

यो सङ्कटको घडी हो । अन्तर्राष्ट्रिय विपद्को समय हो । व्यापार गर्नकै लागि अफर राख्ने समय भने होइन । यस्तो समयमा पनि रिचार्ज बेच्नकै लागि ल्याइएको यस्तो प्याकेज जनताको सुविधाको पक्षमा छैन ।

यसले नेपाल टेलिकम विपदमा पनि व्यापार गर्न उद्यत छ भन्ने देखिन्छ।

चैत्र ११ गते नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिको बैठकले मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई कम्तीमा एक महिनाको लागि रिचार्ज गरेको बराबर नै रकम बोनस दिनुपर्ने व्यवस्था मिलाउन र यसमा कुनै सर्त नराख्न निर्देशन दिएको थियो ।

समितिले यस्तो प्याकेज जनताको सुविधाका लागि र विपदमा राहतको रूपमा दिने निर्णय गरेको थियो ।तर टेलिकमले भने यसलाई नै व्यापारको सूत्र बनाएर खाए खा नखाए घिच भन्ने जसरी बोनसको व्यापार गरिरहेको छ ।

दसैँ र तिहार जस्ता पर्वमा सित्तैमा प्याकेज दिने टेलिकमले विपदमा भने जनता ठग्ने काइदाको उपाय निकालेको छ ।

यस्तो सङ्कटको समयमा जनतालाइ उल्लेख्य राहत सहयोग पुर्याउनु पर्नेमा बार्षिक अरबौ नाफा कमाउने नेपाल टेलिकमले घुमाउरो पाराले सर्त माथी सर्त राखेर उपभोक्तालाई थप झन्झट सहित अल्मलाउनु र शोषण गर्नु कदापी उचित होइन । यस्तै अन्य अत्ति आबश्यक सेवा प्रदायक ब्यक्ती वा निकायले पनि आ-आफ्नो क्षेत्रको सेवामा यस्तै सर्त राखे बिपदमा राहतको अर्थ के बुझ्ने ?

अहिले जनस्तर देखि सामाजिक सञ्जालसम्म यसको चर्को बिरोध भैरहेको छ ।

यस्तो छ टेलिकमको अफर

जीएसएम तथा सिडिएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ। तर, बोनस रकमबाट टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिन्छ भने ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन भने सकिने छैन।

रिचार्ज कार्ड प्रयोग गरी ५० र १०० रुपैयाँको रिचार्ज गर्दा प्राप्त हुने बोनस रकम २ दिनभित्र खपत गरिसक्नुपर्छ, भने २०० र ५०० रुपैयाँको रिचार्जमा प्राप्त हुने बोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ। टेलिकमका अनुसार १,००० रुपैयाँको रिचार्जमा प्राप्त हुने बोनस रकम ६ दिनभित्र खपत गरिसक्नुपर्नेछ।

यस्तो छ विज्ञप्ति