तेलहन बाली जोनको वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

तेलहन बाली जोनको वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिक



विशाल पाण्डेय / घोडाघोडी ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना ,परियोजना कार्यान्वयन इकाई (तेलहन बाली जोन) कैलालीको वार्षिक प्रगति तथा आगामी कार्यक्रम सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ ।

परियोजनाको आर्थिक बर्ष २०७५/०७६ को वार्षिक प्रगति सार्वजनिक सुनुवाइ तथा आर्थिक बर्ष २०७६/०७७ को कार्यक्रम सार्वजनिकिकरण गोष्ठी कार्यक्रम बिहीबार सुखडमा सम्पन्न भएको हो ।

परियोजना कार्यान्वयन इकाई कैलालीका वरिष्ठ कृषि अधिकृत टिकाराम थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहेका थिए । प्रमुख अथितिको आसनबाट बोल्दै चौधरीले नेपालको सक्षम पक्ष कृषि रहेको बताए । बजारीकरणको ब्यवस्था राम्रो नहुदा कृषकहरुले खेती गर्न तर्फ पछि हट्दै गएको चौधरीले बताए । उनले भने , दु:ख गरेर किसानले खेती गर्छ । तर , खेती भइसकेपछि बजारमा खासै मुल्य नपाउदा उ चिन्तन बनेर पेशा नै छोड्न बाध्य हुन्छ । ” बिचौलियाहरुका कारणले पनि किसानहरु मर्कामा परेका छन् । उनले थपे , परम्परागत खेती नभई आधुनिक खेती तर्फ किसानहरुलाई प्रोत्साहन गर्न सके प्रशस्त मात्रामा आम्दानी गर्न सकिन्छ ।

खेती गर्नको लागि सिचाइ ,मेसिनरी ,मल तथा बीउ र बजारिकरणको महत्त्वपूर्ण भुमिका रहेको नगर प्रमुख चौधरीले बताए । घोडाघोडी नगरपालिकाले पनि गत बर्ष कृषि क्षेत्रमा प्रयाप्त बजेट विनियोजन गरिएपनी खासै उपलब्धि गर्न नसकेको चौधरीले बताए । पालिकाले पनि बीउ बिजन ल्याएर वितरण गर्न सकियो भने प्रभावकारी हुने बताउदै नगर प्रमुख चौधरीले आगामी दिनमा परियोजनासंग समन्वय गरेर काम गर्ने बताए ।

त्यस्तै विशिस्ट अथितीको आसनबाट बोल्दै जानकी गाउपालिकाका अध्यक्ष प्रदीप कुमार चौधरीले तेल जोन र स्थानीय तहको समन्वय खासै नभएर कृषि क्षेत्रमा आफ्नो पालिकामा सोचे अनुसारको काम गर्न नसकेको बताए । उनले अन्य ठाउँमा गएर कार्यक्रमहरु गर्नु भन्दा स्थानीय स्तरमा किसानको घरमा गएर कार्यक्रम गर्दा उपयुक्त हुने बताए ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले सुझाव समेत दिएका थिए । सुझावका क्रममा भजनी नगरपालिका वडा नं ८ का अध्यक्ष पंकज चौधरीले बजारीकरणमा ब्यवस्थापन नभई किसानहरुलाइ समस्या परेको हुँदा किसानको लागि उचित मुल्यको व्यवस्थापनमा लाग्नुपर्ने बताए । जानकी गाउपालिका वडा नं ७ का अध्यक्ष लक्ष्मण चौधरीले सहकारीको नाममा ब्यक्तिले फाइदा लिइरहेको र संचालन भएका तालिमहरुमा सम्बन्धित किसानले सीप सिक्न नपाएको बताउदै परियोजनाले राम्रोसंग अनुगमन गर्नुपर्ने सुझाव दिए । किसानहरुलाई समयमै बीउ बिजन उपलब्ध गराउन घोडाघोडी नगरपालिका वडा नं १ का अध्यक्ष मनराज शाहिले सुझाव दिए । यस्तै घोडाघोडी नगरपालिका वडा नं ३ का अध्यक्ष कमल थारुले परियोजनाले सिचाइको ब्यवस्था गर्दा ठाउँ अनुसारको रकम उपलब्ध गराउनु पर्ने बताए । उनले सबै ठाउँमा एउटै सतहबाट पानी नआइ किसान मर्कामा पर्ने हुँदा ठाउँ अनुसारको रकम उपलब्ध गराउनु पर्ने सुझाव दिए ।

कार्यक्रममा परियोजना कार्यान्वयन इकाई कैलालीका वरिष्ठ कृषि अधिकृत टिकाराम थापाले सहजीकरण गरेका थिए । थापाले आ .व. २०७५/०७६ को वार्षिक प्रगति तथा आ.व.२०७६/०७७ मा गरिने २८ वटा कार्यक्रमहरुको बारेमा जानकारी दिएका थिए । कार्यक्रमको संचालन परियोजनाका कृषि अधिकृत टिकेन्द्र कुश्मीले गरेका थिए ।

तेलहन बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरि उद्योगमा रुपान्तरित गर्दै आधुनिक ,ब्यवसायीक दिगो एबं आत्मनिर्भर कृषि क्षेत्रको विकासका लागि कैलालीको जानकी गाउपालिका , जोशिपुर गाउपालिका , भजनी नगरपालिका र घोडाघोडी नगरपालिका गरि ४ वटा स्थानीय तहमा संचालित रहेको छ ।