थवाङमा कांग्रेस–एमाले र विप्लवको हार , माअोवादी केन्द्र विजयी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

थवाङमा कांग्रेस–एमाले र विप्लवको हार , माअोवादी केन्द्र विजयी



रोल्पा, १७ असार ।

थवाङ गाउँपालिका माओवादी केन्द्रमा माओवादी केन्द्रले जितेको छ । कांग्रेस–एमाले र विप्लवको तालमेललाई परास्त गरि माओवादी केन्द्र विजयी बनेको हो । प्रमुखमा विजयी माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर घर्तीले १९९० मत ल्याएका छन् । स्वतन्त्रबाट उठेका विप्लवका उम्मेदवार यहाँ दोस्रो भएका छन् ।

उपप्रमुखमा पनि माओवादी केन्द्रकी रामकिरणी रोका विजयी भएकी छन् । उनले १९६७ मत पाएकी छन् । १० स्थानीय तह रहेको रोल्पाको यो पहिलो परिणाम हो । जिल्लाको अन्य स्थानीय तहको मत गणना धमाधम भइरहेको छ ।

khabardabali