युरोप, अफ्रिका र एशियाकै देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

युरोप, अफ्रिका र एशियाकै देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध



बीबीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको यात्राका लागि प्रतिबन्ध लगाइएका मुलुकका नागरिकको सूचीमा अरु केही देश पनि थपिन सक्ने बताएका छन् ।

उनको कार्यकालमै यसअघि ७ मुश्लिम बहुल राष्ट्रका नागरिकलाई प्रतिबन्ध लगाइएको थियो ।

विश्व आर्थिक मञ्चको कार्यक्रमका क्रममा बोल्दै ट्रम्पले पछिल्लो कुरा बताएका हुन् ।

सूचीमा मुश्लिम बहुल राष्ट्र रहेका छन् । जसमा लिबिया, सोमालिया, सिरिया, उत्तर कोरिया, भेनेजुएला, यमन, इरानलगायतका रहेका थिए ।

सो सूचीमा युरोप, अफ्रिका र एशियाका मुलुक पनि विस्तार हुन लागिरहेको अमेरिकी मिडियाले जनाएका छन् । ट्रम्पले डाभोसमा केही अन्य देशहरु पनि थपिने जनाएका छन् ।

‘‘तपाईंलाई थाहा छ विश्वमा के भइरहेको छ, हाम्रो देश सुरक्षित हुन जरुरी छ,’’ ट्रम्पले भनेका छन् ।

उनले कुन देशलाई र कतिलाई लक्षित गरिँदै छ नभने पनि सो सम्बन्धी सूचना चाँडै सार्वजनिक गरिने जनाएका छन् ।

विस्तार हुन लागेको सूची भन्दै पोलिटिकोले यसअघि बेलारुस, म्यान्मार, इरिट्रिया, किर्गिस्तान, नाइजेरिया, सुडान र तान्जानियाको नाम उल्लेख गरेको थियो ।

अमेरिकी मिडियाका अनुसार सूचीका विभिन्न भर्सनको बारेमा अमेरिकी प्रशासनमा छलफल भइरहेको छ ।

जनवरी २०१७ मा ट्रम्पको कार्यकाल सुरु भएको ७ दिनमै यस सम्बन्धी हस्ताक्षर गरेका थिए ।

त्यसमा इरान, लिबिया, सोमालिया, सिरिया, यमन, भेनेजुएला र उत्तर कोरियाका नागरिकलाई प्रतिबन्ध लगाइएको थियो ।

सन् २०१८ मा अमेरिकी सर्वोच्च अदालतले सो प्रतिबन्ध गैरसंवैधानिक भनेको थियो ।