द लास्ट वर्ड (कथा) « Himal Post | Online News Revolution
Logo

द लास्ट वर्ड (कथा)



-सुष्मा पन्त

“द लास्ट वर्ड” यस रेस्टुरेन्टमा मैले काम सुरु गरेको त्यति धेरै भएको छैन। येस्टोरियाको यो पवमा हरेक दिन फरक फरक अनुहारहरु मदिरामा लट्ठ भएर फर्किने गर्छन। विभन्न ब्राण्डका ति रक्सिसंगै फरक फरक अनुभबहरु छन् । कोहि आँसु खसाल्दै खान्छन् , कोहि हासोको तरङ्ग फाल्दै । यहि भिडमा हरेक दिन देखिने एउटा अनुहार एउटै समयमा आउने र फर्किने गर्छे ।

ऊ यहाँ एक्लै आउने गर्छे र एक्लै बस्ने गर्छि ,सधै त्यहि एउटै ठाउमा रेस्टुरेन्टको कुना पट्टि जहाँ कामुक कलाका तस्बिरहरु मुनि रातो सोफामा । हल्का अध्यारो बातावरण भए पनि टेबुलको सिसा भित्र सजाएर राखिएको मैन बत्तिको प्रकाशले उसको सुन्दर अनुहार धपक्क बोलिरहेको हुन्छ। “उसले आज धेरै खाए कि छ !” मै संग काम गर्ने साथीले ऊ तिर देखाउदै भनि। -कति ? “3-४ प्याक खाई सकेको हुनु पर्छ।” मेरो जवाफमा सहकर्मी साथीले भनि । उसैले हामी तिर हेर्दै गिलास देखाई , उसको पुरानो बानी हो ! मैले बुझे उसले अझै रक्सि माग्दै छे।मैले अर्को प्याक गराएर दिए । उसलाई रक्सि चढ्दै गएको थियो ।

ऊ बेला बेला आफै हास्दै थिइ भने बेला बेला आँसु पुछथी। पिउदै जादा ऊ ७ प्याकमा ईशाराले होइन बार मै आएर मागेर पिई। ऊ अरु दिन भन्दा भिन्न तरिकाले खुल्दै थिई। उसले मेरो छातिको नाम ट्याग हेर्दै मातेको स्वरमा भनि ” होयेर आर यु फ्रम ? मैले भने ” आई लिभ निएर टु ….. ” लट्ठ भएका आँखाका पालेर झिम्काउदै उसले भनि ” नो नो , आई वाज आक्सिंग योउर कन्ट्री ” । मैले सरि भन्दै म नेपाली भएको जानकारी दिए । अघि सम्म अंग्रेजी बोलेकी ऊ एकासी मेरी प्यारी बहिनि आऊ यता , आई निड योर बिग हग भनि ” केहि सोच्न सकेन मनले । मेरो भन्दा केहि उमेर धेरै भएको नेपाल कै रैछ ऊ” परिचय भयो हाम्रो ।

मैले बिस्तारै उसलाई उसकै सोफामा लगेर बसाले । रक्सि मात र प्यागसंगै उसको डिमाण्डहरु नि बढ्दै थियो । मैले उसलाई सम्झाए दिदि अब नखानुस।उसले भनि श्रुति मलाई आज दिल खोलेर खान देऊ। हरेक पिडा भुल्ने गरि खान देऊ । उसलाई सम्झाउन गार्हो थियो , उसले अर्को प्रस्ताब राखी ” ल मेरो बहिनि श्रुतिले भनेर म खादिन , तर तिमी मेरो घरमा जानु पर्छ” । घडी हेरे ११ बजी सकेको थियो। थाकेर लखतरान थिए । उसको घरमा छोडेर म घर पुग्दा बिहानको मिर्मिरे हुन सक्थियो । तै पनि हुन्छ भनेर उसलाई सम्झाए ।

बाहिरको कोलाहाल , गाडीको आवाज जस्तै हाम्रो रेस्टुरेन्टमा पनि ग्राहकहरु पनि बिस्तारै घट्दै १-२ जाना भएका थिए। ढोकामा हामीले ” बन्द ” भै सकेको सूचनामा बत्ति बाली सकेका थियौ। रेस्टुरेन्टमा ग्राहक ऊ मात्र थिई , उसले मलाई घर लैजान पर्खेर बसेकी थिई। सिमरन दिदि उठ्नुस जाऊ घर ! काम सकेर ऊ बसेको सोफा तिर गएर बोलाए । रक्सिको नशामा लठ थिइन , बल्ल बल्ल उठिन । मैले बस स्टप तिर जाऊ भने । उनले होइन उबरमा जाने भन्दै अड्डी कसिन । हामी उबरमा उनकै कोठा तिर लाग्यौ ।

मेरो कुममा छोपेर कारमा बसाल्दै उनको सिट बेल्ट लगाइदिए । मिलेको कोठा , सबै समानहरु ब्यबस्थित थिए सबै तिर , कति चिटिक्क कोठा मन मनै सोचे । सिमरन दिदिलाई रक्सिको नशाले हुनु पर्छ मौन थिईन । त्यहि मौनतालाई चिर्दै मैले सोधे दिदि हजुर एक्लै बस्नु हुन्छ यहाँ ? “एक्लो छु म यो संसार मा ,जिउनु छ मलाई नमरे सम्म दुखि छु म यो संसार मा ,भोग्नु छ मलाई अझै सम्म ” उनले १९७४ ब्याण्डको पुरानो गीतबाट लर्बराएको स्वरमा मेरो प्रश्नको जवाफ फर्काउदै भनिन ” बुझिस कान्छी ” । जब उनले कान्छी भनेर सम्बोधन गरिन कता कता नजिक भएको आभास भयो मलाई ।

सायद उनले पनि मलाई त्यस्तै सोचेर भनेको भान भयो। मैले उनको बारेमा प्रश्न गर्दै गए , उनले बिस्तारै आफ्नो दु:खको पोका खोल्दै गईन। तलाई थाहा छ यो प्रदेशको एक्लोपन ? म नेपाल छोडेको अनि मेरो घर परिवार छोडेको चार वर्ष भयो । सबै थोकको औषधि पाए तर एक्लोपनको औसधि पाउन सकिन। धेरैलाई लाग्छ म भ्गयामानी हू। अमेरिकामा छु यहाँको ठुलो कम्पनिमा म्यानेजर भएर काम गर्छु राम्रो कमाई हुन्छ तर यथार्थमा अभागी हो म । धेरै कुरा भएर पनि रित्तो , केहि नभए जस्तो ।

मैले स्वस्थानी सुने झैँ सुन्दै गए उनि भन्दै गईन । जब काम बाट फर्केर घरमा आउछु मलाई ढोकाले गिजाईरहेको हुन्छु । कोठामा आएर बोल्न नसक्ने लाटो जस्तै लाग्छ जब आवाज निकाल्न खोज्छु त्यो आवाज आफैसंग ठोकिन्छ । किचनमा जान्छु भाडाहरु मलाई हेरेर हास्छन । बिहान जुठो भाडाले कठै बरा भन्छ । ग्यासले भन्छ आज त बलिदे मलाई । यो एक्लोपन त्यति बेला झन् धेरै हुन्छ जति बेला बिरामी पर्छु त्यति बेला ” ला तातो पानि खा ” भन्ने त के तलाई कस्तो छ भन्ने केहि हुदैन , आँसुको धारा कति बेला खस्छ त्यो त् मलाई नि पत्तो हुदैन ।

दिदिका आँसु टिलपिल टिलपिल भएका थिए , अनि आँसु पुछ्दै भनिन ” यो आँसुको सवाद कति मिठो है जब झर्छन केहि समयको लागि भए नि यो मन शान्त हुन्छ । बहिनि तलाई थाहा छ ” कहिले कहिँ त मनको कुरा सुन्दिने मात्र मान्छे भए पनि कस्तो हुन्थियो है भन्ने हुन्छ। यो जिउदा मेसिनहरु बस्ने सहरमा मलाई यो एक्लोपनले गाजेको छ त्यसैले त यो मन बुझाउन तिम्रो ” द लास्ट वर्ड” मा पुग्छु कहिले पनि अन्त्य हुन नसकेको यो एक्लोपन बोकेर ।

(क्रमश) अर्को अंकमा