द नेक्स्टको रक्तदान - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

द नेक्स्टको रक्तदान



बुटवल, ६ असोज । द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी बुटवलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सोसल सर्भिस डे को अवसरमा कन्सलटेन्सीले रेडक्रस को सहयोगमा रक्तदान गरेको कन्सल्टेन्सीका रिजनल म्यानेजर गोबिन्द राज भट्टराईले जानकारी दिए ।

गत वर्ष बाट निरन्तर रुपमा निरन्तर रक्तदान तथा बिभिन्न कार्यक्रम गर्दै आएको भट्टराईले जानकारी दिए । रक्तदान कार्यक्रममा बोल्दै सिद्वाथृनगर नगरपालिका प्रमुख हरि अधिकारीले रगत सबैको लागी अमुल्य रहेको बताउँदै रुपन्देहीमा अझै पनि रगत अभाव रहेको हुँदा सबै सामाजीक संघ संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका का उपप्रमुख गुमादेबी आचार्य, सिद्वार्थननगर नगरपालिका उपप्रमुख उमा काफ्ले, बरिष्ठ पत्रकार दिलिप भट्टराई, ससस्त प्रहरीका डि एस पि जगत दंगाल लगायतले बोल्दै रक्तदानले जिवन रक्षाका लागी सबैले नियमित रुपमा रक्तदान गर्नुपर्ने बताए ।
रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ ।

द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी बुटवल म्यानेजर गोबिन्द राज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ सिद्वार्थनगर का प्रेसिडेन्ट अरुण पन्थीले गरेका थिए ।