ठुला दलले सडकमा टायर बाल्ने होइन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

ठुला दलले सडकमा टायर बाल्ने होइन



हिमाल पोष्ट / हेटौँडा, १८ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रमुख दल सडकमा ढुङ्गामुढा र टायर बालेर होइन संसद्मा संसदीय प्रक्रियाबाट संविधान संशोधनको प्रस्तावमा छलफल गर्नु पर्ने बताउनु भएको छ ।

राज्यमन्त्री बानियाँले नेपाली काँग्रेस मकवानपुरद्वारा आज उहाँको सम्मानमा आयोजित एक स्वागत कार्यक्रममा राष्ट्रमा अहिले संविधानको कार्यान्वयनलाई चुनौती थपिएको बेलामा प्रमुख दलहरूले जिम्मेवारीपूर्वक आफ्ना भनाइ प्रस्तुत गर्न सक्नुपर्दछ भन्नुभयो ।

उहाँले मुलुकको राष्ट्र अखण्डतालाई बलियो बनाउँदै अब संविधान कार्यान्वयन गरी स्थानीय निर्वाचन गराउने तर्फ दलहरू जुट्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

राज्यमन्त्री बानियाँले मकवानपुरगढी, चिसापानीगढी र सीमभञ्याङ् र दामन पर्यटन विकासका लागि गुरुयोजना लागू गरी पर्यटन विकासलाई थप विस्तार गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । रासस