टोपबहादुरले चौथो पटक कांग्रेसीहरूको सपना साकार हुन दिएनन् - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

टोपबहादुरले चौथो पटक कांग्रेसीहरूको सपना साकार हुन दिएनन्



अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी निर्वाचित भएका छन् ।

राति अवेर सम्पन्न मतगणनामा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई पराजित गर्दै ४२ हजार ६ सय ७५ मतका साथ रायमाझी लगातार चौथो पटक निर्वाचित भएका हुन् ।

रायमाझी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरिन भने राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार २ सय मत प्राप्त गरे ।

एमालेका केन्द्रीय सचिव समेत रहेमा नेता रायमाझी यसअघि अर्घाखाँची जिल्लाबाट लगातार तीनपटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

प्रतिनिघि सभा सदस्यसहित एमालेले अर्घाखाँची जिल्लामा रहेका दुवै प्रदेशसभामा समेत जित हात पारेको छ ।

यहाँ स्वतन्त्र पार्टीबाट उठेका हरि भुसालको मतका कारण कांग्रेस नेतृ पराजित भएको आंकलन गरिएको छ । यसपटक पक्कै जित निकाल्ने कांग्रेसीहरूको सपना साकार हुन सकेन ।