टोपबहादुरले प्रचण्डलाई मुद्दा हाल्ने - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

टोपबहादुरले प्रचण्डलाई मुद्दा हाल्ने



काठमाडौं- नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा पुगेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी अहिले कारबाहीमा परेका छन् । पार्टीले कारबाही गरेपछि रायमाझी भने क्रुद्ध बनेका छन् ।

रायमाझीले आफूलाई कारबाही गर्न प्रचण्ड र माओवादी पार्टीको हैसियत नभएको भन्दै आक्रोश पोखेका छन् । माओवादी केन्द्रको कारबाही गरेपछि प्रचण्ड र माओवादीविरुद्ध उनले कानुनि लडाई लड्ने तयारी समेत गरेको बताएका छन्

प्रचण्ड र माओवादी पार्टीसंग आफूलाई कारबाही गर्नसक्ने हैसियत नै नभएको दाबी गर्दै कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा उनले कानुनि लडाई लड्ने बताएका छन् ।

उनले माओवादीको निर्णयविरुद्ध आफूले कानुनी रुपमा लड्न तयारी गरिरहेको पनि बताएका छन् । प्रचण्डले आफ्नो स्वार्थ पूरा नभएपछि जे पनि गर्न सक्छन् भन्ने यो निर्णयले देखाको पनि उनको भनाइ छ ।

उनले भनेका छन्, ‘यो कारबाहीको औचित्य छ जस्तो लाग्दैन । मलाई कारबाही गर्न प्रचण्डले जिताएको हो र ? म त दुई पार्टीको एउटै घोषणापत्र देखाएर निर्वाचित जनप्रतिनिधि हुँ’, माओवादीले कारबाही गर्ने हैसियत के छ ? त्यसैले यो निर्णयविरुद्ध कानुनी रूपमा लड्न तयारी गरिरहेको छु ।’

लोकतान्त्रिक मूल्य, मान्यता र कानुनी हैसियतअनुसार आफूहरुलाई कारबाही गर्न नमिल्ने उनको दावी छ । उनले भनेका छन्- ‘मौका मिल्दा प्रचण्ड कतिसम्म गिर्दा रहेछन् भन्ने यसले देखाउँछ । ओलीलाई निरकुंश, प्रतिगमन गर्‍यो भन्छन् तर प्रचण्डले मौका पाउँदा लोकतान्त्रिक विधिविपरीत जनप्रतिनिधिलाई मानौं आफैंले जिताएको हो जस्तो हठ राखेर कारबाही गरेका छन् । लोकतन्त्र र जनताको कदर हुन सकेको छैन ।’

माओवादीले आफ्नो पार्टीबाट निर्वाचित रायमाझीसहित लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रमु् शाहलाई सांसदबाट हटाउँदै साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेका थियो ।