टोपबहादुर भन्छन्: प्रचण्डसँग फर्कन सम्भव छैन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

टोपबहादुर भन्छन्: प्रचण्डसँग फर्कन सम्भव छैन



काठमाडौं- उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले आफू प्रचण्डसंग फर्किन असम्भव भएको बताएका छन् । संसद भवनमा आईतवार सञ्चारकर्मीसंग कुरा गर्दै नेता रायमाझीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने र तत्काल माओवादी केन्द्रमा नफर्कने दावी गरे ।

सर्वोच्च अदालतले जे फैसला गरे पनि आफु तत्काल माओवादी केन्द्रमा फर्किन सम्भव नरहेको प्रतिक्रिया दिएका छन् । माओवादी केन्द्रमा हुंदा स्थायी समिति सदस्य रहेका नेता रायामाझी नेकपाको विभाजनपछि प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपातर्फ लागेका थिए ।

आइतवार अपराह्न सर्वोच्च अदालतले नेकपाको नाममा परेको विवादमा फैसला सुनाउंदै आधिकारिक नेकपा ऋषि कट्टेलको नेतृत्वमा रहेको दलको नाम हुने र सत्तारूढ नेकपा विभाजन पहिलाको स्थितिमा पुग्ने भन्दै फैसला सुनाएको हो । यससंगै पुर्व माओवादी केन्द्र र एमाले समेत ब्युतंने भएको छ ।

अदालतको फैसलाले कानुनि जटिलता थपेको नेताहरुले बताएका छन् । सर्वोच्चको फैसलाबाट प्रधानमन्त्री ओली पक्ष हौसिएको छ भने प्रचण्ड र माधव नेपाल समुहले भने त्यसको विरोध जनाएको छ ।