ट्याक्टरमा हिँडिरहेका बेला सानो गल्तीका कारण बालकको हात काँधबाट उखेलियो । - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ट्याक्टरमा हिँडिरहेका बेला सानो गल्तीका कारण बालकको हात काँधबाट उखेलियो ।



सानो गल्तीले ९ वर्षका एक बालकको हात काँधबाट पूरै उखेलिएको छ । ढिलो अस्पताल पुगेका कारण डाक्टरले हात जोड्न नसकेपछि ती बालक जीवनभर अपांग भएर बस्नुपर्ने भएको छ । ट्याक्टरमा हिँडिरहेका बेला सानो गल्तीका कारण ती बालकको हात उखेलिएको हो ।

ती बालकका पिताले उनलाई लिएर अस्पताल पनि गए । तर, ढिलो भएका कारण उनको हात जोड्न सकिएन । भारतको राजस्थानको जोधपुरका ती बाबुछोरा खेलमा गएका थिए । बबलु नामका ती बालक आफ्ना पिता गेपररामसँग खेलमा जुलेलो लिन गएका थिए । उनीहरुले खेतमा गएर ट्याक्टरको ट्रलीमा जुनेलो लोड गरे र त्यसलाई डोरीले बाँधे । घर फर्किंदा डोलीको एउटा टुप्पो भुइँमा लत्रिरहेको थियो । यो देखेर बबलुले त्यो टुप्पोलाई आफ्नो हातमा बेरे । बाटोमा खोला तर्ने क्रममा बबलुले समातेको डोरीको एक भाग टायरमुनि कुल्चियो । त्यही बेला ट्याक्टरलाई झट्का लाग्यो । डोरी तानियो । डोरी बबलुले आफ्नो हातमा बेरेका कारण डोरी तानिँदा बबलुको हात काँधबाटै उखेलियो ।

 

बालक आत्तिएर चिच्याए तर ट्याक्टरको आवाजका कारण ट्याक्टर चलाइरहेका पिताले थाहा पाएनन् । बबलुले चिच्याएर मेरो हात पछाडि छोडियो भनेपछि बल्ल पिताले थाहा पाए र ट्याक्टर रोके । उनले तत्कालै उखेलिएको हातसहित छोरालाई लिएर जोधपुरको एक निजी अस्पतालमा पुगे । तर, ढिलो भएका कारण उनको हात जोड्न सकिएन । एक महिनाअगाडिबबलुका हजुरबुवाको पनि सडक दुर्घटनामा मृत्यु भएको थियो दुर्घटनामा घाइते उनका काकाको पनि अहिलेसम्म उपचार चलिरहेको छ ।