सचिवालय बैठक अगाडी शंकर पोखरेल त्रसित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सचिवालय बैठक अगाडी शंकर पोखरेल त्रसित



काठमाडौं- सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल तर्सिएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको आवाज सर्वत्र उठेपछि पोखरेल सशंकित बन्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

पार्टीमा उत्पन्न समस्याको कारक प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्रै ठान्नु एकता विरोधी मानसिकता भएको भन्दै उनले टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीलाई मात्रै दोष लगाइएको र उनको मात्र राजिनामा मागिएको सन्दर्भमा त्रसित बन्दै उक्त स्टाटस लेखेका छन् । सामाजिक संजालमा उनले एक अध्यक्षमात्रै जिम्मेवार हुन नसक्ने बताएका हुन् ।

“पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो,” उनले भनेका छन् ।

नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ । बालुवाटारमा बस्ने आजको बैठकमा ओलीको प्रत्युत्तर जवाफमाथि सचिवालय सदस्यहरूले आफ्ना दृष्टिकोण राख्ने समय अगाडी उनले लेखेको स्टाटसलाई अर्थपूर्ण रूपले हेरिएको छ ।