त्रिवि नेबि सङ्घ अध्यक्षमा हरि आचार्य - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

त्रिवि नेबि सङ्घ अध्यक्षमा हरि आचार्य



काठमाडौँ, असार २१ ।

नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको अध्यक्षमा हरि आचार्यलाई जिम्मेवारी दिइएको छ । लामो समयदेखि रिक्त रहेको उक्त पदमा आज सम्पन्न बृहत् विद्यार्थी भेलामा आचार्यलाई जिम्मेवारी दिने निर्णय भएको हो ।

आज भएको भेलामा नेवि सङ्घ केन्द्रीय प्रतिनिधि केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारी तथा महामन्त्री कुन्दन काफ्लेलगायत ३० जना केन्द्रीय पदाधिकारीसहितको सहभागिता रहेको थियो ।

जिम्मेवारी पाएलगत्तै आचार्यले उक्त भेलालाई सम्बोधन गर्दै आफू विद्यार्थीको बृहतर हितको लागि सङ्घर्ष गरिरहने बताए । साथै उनले त्रिविको सुधारमा निरन्तर खटिने प्रतिबद्धता व्यक्त गरेका थिए ।