डोनाल्ड ट्रम्प दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डोनाल्ड ट्रम्प दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला



काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

न्युयोर्कको सिभिल कोर्टले उनलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो । उनले पीडितलाई क्षतिपूर्ति वापत ५० लाख अमेरिकी डलर दिनुपर्ने अदालतले फैसला सुनाएको बीबीसीले जनाएको छ ।

लेखिका जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दयार गरेकी थिइन् ।

डोनाल्ड ट्रम्पले अदालतको फैसलापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘मलाई यी महिला को हुन् भन्ने बिल्कुलै थाहा छैन । यो निर्णय अपमान हो ।’

ट्रम्पको सचिवालयले उक्त निर्णयविरुद्ध अपिल गर्ने बताएको छ ।