कोरोनाका कारण त्रिविका सम्पूर्ण परीक्षा स्थगित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कोरोनाका कारण त्रिविका सम्पूर्ण परीक्षा स्थगित



त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले अहिले संचालन भइरहेका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

बिहीवार बसेको परीक्षा संचालक समितिको बैठकले संचालन भइरहेका र संचालनको तयारीमा रहेका सम्पूर परीक्षाहरू अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

‘विश्वव्यापी रूपमा फैलिएको ओमीक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापकसमेत संक्रमित भएका कारण अर्को सूचना प्रकाशित नभएसम्म सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरिएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।   

हेर्नुहोस विज्ञप्ति –